back

सिन्धुलीमा जुनार प्रवद्र्वन मेला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने लक्ष्य

सिन्धुली । सिन्धुलीमा जुनार प्रवद्र्वन मेला २०८२ प्रारम्भ भएको छ । ‘गोलन्जोरको सान जुनार हाम्रो पहिचान ,गोलन्जोरको जुनार समृद्विको आधार’ भन्ने नाराका साथ प्रवद्र्वन मेला आयोजना भएको हो।

मौलिक फलको रुपमा परिचित गोलन्जोर गाउँपालिकामा अवस्थित जुनार बगैंचामा कृषि पर्यटन प्रवद्र्वन गर्ने तथा स्थानीय रुपमा उत्पादित जुनारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।

मंसिर २३ गते देखि २५ गतेसम्म बगैचा स्थलमै पहिलो पटक जुनार प्रवद्र्वन मेला २०८२ भव्यताका साथ आयोजना हुन गइरहको हो ।

पूर्वाधार विकास कार्यालय सिन्धुलीका कार्यालय प्रमुख लक्ष्मी प्रसाद सापकोटाले सिन्धुलीको जुनारलाई प्रवद्र्धन गर्नको लागि मेलाको आयोजना भएको बताए ।

मेलामा उनले मेलाले समग्र देश र विश्वभर नै जुनारको प्रचार प्रसार गर्नको लागि र उत्पादनलाई बजारसँग जोड्नको लागि महत्वपूर्ण भूमिका खेल्ने पनि बताए ।

उनले भने, ‘देशभर जुनारको लागि सिन्धुली प्रसिद्ध छ । जुनार फल्ने मुख्य ठाँउ भनेको गोलन्जोर गाउँपालिका हो । यहाँको जुनारको स्वाद र मिठास छुट्टै हुन्छ र यसलाई सबैमाझ चिनाउनको लागि र प्रवद्र्धन गर्नको लागि मेला आयोजना भएको हो । यसले समग्र देश र विश्वभर नै जुनारको प्रचार प्रसार गर्नको लागि र उत्पादनलाई बजारसँग जोड्नको लागि महत्वपूर्ण भूमिका खेल्ने हामीले महशुस गरेका छौं ।’

यस्तै, उनले उत्पादनलाई बजारसँग जोड्नका लागि सडकहरुको राम्रो व्यवस्था नभएको भन्दै सडकहरुलाई पक्की बनाउँदै अगाडि जाने हो भने उत्पादन सहज रुपमा बजारसम्म पुग्न सक्ने बताए।

साथै, जुनार उत्पादक सहकारी संघका अध्यक्ष निर्मल कुमार रम्तेलले जुनारको खेती प्रवद्र्धन, उत्पादनलाई व्यवसायिक प्रवद्र्धनसँगै आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि गोलन्जोर गाउँपालिका वडा नं ४ मा जुनार प्रवद्र्धन मेला गरेको बताए ।

उनले विभिन्न सरकारी निकाय, गैर सरकारी निकायहरु र विभिन्न दातृ निकायहरुको साझेदारीमा गोलन्जोर गाउँपालिकाले मेला आयोजना गरेको भन्दै मेलाले साच्चिकै देश विदेशमा रहेको सबैलाई यस क्षेत्रमा आकर्षक गरेको बताए ।

nactional life
Corporatebazar 11 Anniversary

संकटग्रस्त सहकारीको बचत फिर्ता अभियान: साना बचतकर्तालाई राहत, तर समग्र संकट समाधानका लागि ‘हात्तीको मुखमा जिरा’

संकटग्रस्त सहकारीको बचत फिर्ता अभियान: साना बचतकर्तालाई राहत, तर समग्र संकट समाधानका लागि ‘हात्तीको मुखमा जिरा’

वि.सं.२०८३ जेठ ४ सोमवार १६:५३

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त...

किसानको पीडा नबिर्सिएको दाबी गर्दै मन्त्री चौधरीले भनिन्–मलको विकल्प खोज्नुपर्छ

किसानको पीडा नबिर्सिएको दाबी गर्दै मन्त्री चौधरीले भनिन्–मलको विकल्प खोज्नुपर्छ

वि.सं.२०८३ जेठ १ शुक्रवार १७:४१

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि...

ओरिएन्टल सहकारीका २८४ ऋणीको तीनपुस्ते सहितको नाम सार्वजनिक

ओरिएन्टल सहकारीका २८४ ऋणीको तीनपुस्ते सहितको नाम सार्वजनिक

वि.सं.२०८३ जेठ १ शुक्रवार १७:२५

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको...

प्याकेजमा आधारित उत्पादन प्रणाली मार्फत कृषि आधुनिकीकरण गर्ने सरकारको घोषणा

प्याकेजमा आधारित उत्पादन प्रणाली मार्फत कृषि आधुनिकीकरण गर्ने सरकारको घोषणा

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:४१

काठमाडौं । सरकारले कृषि क्षेत्रको उत्पादन वृद्धि, लागत न्यूनीकरण र...

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक

वि.सं.२०८३ वैशाख २४ बिहीवार १०:४७

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको...

तरकारीमा अत्यधिक बिषादी भेटिएपछि कडाई

तरकारीमा अत्यधिक बिषादी भेटिएपछि कडाई

वि.सं.२०८३ वैशाख २३ बुधवार १६:२०

सुर्खेत । वीरेन्द्रनगरमा अत्यधिक बिषादी प्रयोग गरिएका तरकारीहरु भित्रिएपछि नगरपालिकाले...