back
himalayan life

नेपाल–भारत डिजिटल करिडोर अवधारणागत ढाँचा सार्वजनिक

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) ले नेपाल–भारत डिजिटल करिडोरको अवधारणागत ढाँचा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

दक्षिण एसियाको डिजिटल रूपान्तरणलाई तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित तयार गरिएको यो फ्रेमवर्क क्यान फेडरेसनका वरिष्ठ उपाध्यक्ष तथा आइसीटी नीति विशेषज्ञ चिरन्जिबी अधिकारीको नेतृत्वमा विकसित गरिएको हो ।

अधिकारी विगत तीन दशकदेखि नेपालमा डिजिटल नीति निर्माण, आइटी कानून, इ–शासन (ई–गर्भनेन्स), एआई नीति तथा डिजिटल सरकारका लागि रणनीति निर्माणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका वरिष्ठ आइसीटी नीति विशेषज्ञ हुन् ।

डिजिटल करिडोरले नेपालको आइटी दशक २०२४–२०३४ को लक्ष्यलाई भारतको डिजिटल पब्लिक इन्फ्रास्टक्चर (डिपिआइ) सँग जोडेर दुवै देशबीच सुरक्षित, दिगो र नवप्रवर्तन–केन्द्रित वातावरण निर्माण गर्ने लक्ष्य राखेको छ ।

यसमा क्रस–बोर्डर फिनटेक एकीकरण, स्टार्टअप तथा नवप्रवर्तन सहकार्य, सीप र प्रमाणपत्र विनिमय, साइबर सुरक्षा साझेदारी, एआई तथा अनुसन्धान सहयोग, डिजिटल पूर्वाधार विस्तार र नीतिगत समायोजनजस्ता सात प्रमुख आधारस्तम्भ समावेश छन् ।

अधिकारीका अनुसार, डिजिटल कोरिडोर प्राविधिक परियोजना मात्र नभई साझा आर्थिक दृष्टि हो । जसले नेपाललाई विश्वस्तरको सफ्टवेयर तथा आउटसोर्सिङ हब बनाउन मद्दत गर्नेछ । क्यान फेडरेसनले यस कोरिडोरले नेपालमा १५ लाख आइटी रोजगारी सिर्जना गर्ने र तीन अर्ब अमेरिकी डलर बराबरको आइटी सेवा निर्यात लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पु¥याउने जनाएको छ ।

सन् १९९२ मा स्थापित क्यान फेडरेसन नेपालभरका प्रदेश, जिल्ला, उद्योग, पेशेवर तथा विद्यार्थीहरूलाई समेट्ने सबैभन्दा ठूलो आइसिटि संगठन हो, जसले नेपालका प्रमुख डिजिटल परिवर्तन परियोजनाहरूमा नेतृत्व गर्दै आएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

वि.सं.२०८३ असार १० बुधवार १३:४८

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आज(वुधबार) देखि पुनः सञ्चालनमा...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार १० बुधवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार ९ मंगलवार ११:२०

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ...

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

वि.सं.२०८३ असार ८ सोमवार १९:१७

काठमाडौं । स्वागत ट्रेडिङ ग्रुपले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकामा आफ्नो...

नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

वि.सं.२०८३ असार ८ सोमवार ११:४५

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार ८ सोमवार ११:४४

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ...