back
himalayan life

सारथी केबल इन्डष्ट्रिजको व्यापार ४१ प्रतिशतले बढ्यो

काठमाडौं । सारथी केबल इन्डष्ट्रिजको व्यापार ४१ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ४१ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२४ मा ३८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा ५४ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ५१ करोड रुपैयाँ, सन् २०२२ मा ६५ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा ७५ करोड रुपैयाँको व्यापार गरेको थियो ।कम्पनीको व्यापार बढे पनि पछिल्लो तीन वर्षदेखि खुद नाफा भने १ प्रतिशतभन्दा कम रहेको रेटिङमा उल्लेख छ ।

सन् २००५ मा स्थापना भएको कम्पनीले अल्मोनियम र कपर तार र केबल उत्पादन गर्दै आएको छ । कम्पनीले वार्षिक १५ सय ४८ मेट्रिक टन अल्मोनियमजन्य सामग्री र ११ सय ६१ मेट्रिक टन कपरजन्य सामग्री वस्तु उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

अंकित भुसालको ९९.७६ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४९ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३१ करोड रुपैयाँको रेटिङ गराएको हो । भुसाल ग्रुपद्वारा सञ्चालित कम्पनीमा तीन जना बोर्ड सदस्य छन् । कम्पनीले हाउस वायरिङ केबल र पावर केबल उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको सामग्री आवासीय तथा व्यवसायिक सेग्मेन्टमा उच्च प्रयोग हुँदै आएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

वि.सं.२०८३ असार १० बुधवार १३:४८

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आज(वुधबार) देखि पुनः सञ्चालनमा...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार १० बुधवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार ९ मंगलवार ११:२०

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ...

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

वि.सं.२०८३ असार ८ सोमवार १९:१७

काठमाडौं । स्वागत ट्रेडिङ ग्रुपले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकामा आफ्नो...

नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

वि.सं.२०८३ असार ८ सोमवार ११:४५

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार ८ सोमवार ११:४४

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ...