back
skip this gaugauma singhadarbar

भारतबाट ईभी आयातमा वृद्धि

काठमाडौं । नेपालमा भारतबाट आयात हुने विद्युतीय गाडि (ईभी) आयातमा वृद्धि भएको छ । विशेषगरी नेपालमा चीनबाट धेरै ईभी गाडि भित्रिने भएपनि बाढी पहिरोका कारण उत्तर तर्फका दुबै नाका रसुवागढी र तातोपानी ठप्प भएपछि भारतबाट ईभी आयातमा वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको हो ।

चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा नेपालमा भारतबाट ८५ ओटा र चीनबाट ६० ओटा गरी कुल १६० ओटा चारपांग्रे ईभी आयात भएका छन् । अघिल्लो वर्षको तुलनामा चीनबाट आयात हुने ईभी सङ्ख्या घटेको देखिएको छ ।

अघिल्लो आव २०८१÷८२ को सोहि अवधिमा नेपालमा कुल ३८१ ओटा ईभी आयात भएका थिए । जसमध्ये चीनबाट २०२ ओटा र भारतबाट १७८ ओटा मात्रै आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

नाडा अटोमोबाइल्स एशोसिएशनका अनुसार बाढी पहिरोका कारण उत्तर तर्फका दुबै नाका रसुवागढी र तातोपानी ठप्प भएपछि भारतीय ईभी आयातमा वृद्धि भएको देखिएको हो ।

गत असार २४ मा नेपाल–चीन सिमास्थीत लेहेन्दे खोलमा आएको विनकाशकारी बाढीले नेपाल–चीन जोड्ने मित्तेरी पुल समेत बगाएपछि रसुवागढी बाट दुई देश बिच हुने व्यापार ठप्प छ । त्यसैगरी, अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा पहिरो खसेर ठप्प बनेको तातोपानी नाका १८ दिनपछि बल्ल सञ्चालनमा आएको छ ।


पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेलाः प्रत्येक खरिदमा पर्न सक्छ पल्सर १५० सिसि

पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेलाः प्रत्येक खरिदमा पर्न सक्छ पल्सर १५० सिसि

वि.सं.२०८२ भदौ २३ सोमवार १८:४१

काठमाडौं । टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेन्युइन पार्ट्स,...

नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन :  प्रधानमन्त्री

नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री

वि.सं.२०८२ भदौ ३ मंगलवार १४:२४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं नाडा अटाे...

१७ औं संस्करणको नाडा अटो शो आज देखि सुरु

१७ औं संस्करणको नाडा अटो शो आज देखि सुरु

वि.सं.२०८२ भदौ ३ मंगलवार ०९:०१

काठमाडौं । १७ औं संस्करणको नाडा अटो शो २०२५ आजदेखि...

नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी, भोलि प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै

नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी, भोलि प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै

वि.सं.२०८२ भदौ २ सोमवार १८:३२

काठमाडौं । भोलि मंगलबारबाट सुरु हुने नाडा अटो सो २०२५...

हुन्डाई नेपालद्वारा १० लाख रुपैयाँसम्म जित्न सकिने “दशैं–तिहार, १० गुणा उपहार” अफरको घोषणा

हुन्डाई नेपालद्वारा १० लाख रुपैयाँसम्म जित्न सकिने “दशैं–तिहार, १० गुणा उपहार” अफरको घोषणा

वि.सं.२०८२ भदौ २ सोमवार १८:३०

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

नाडा अटोशो २०२५मा फोटोन र सोकोन ईभीका आकर्षक अफरहरू

नाडा अटोशो २०२५मा फोटोन र सोकोन ईभीका आकर्षक अफरहरू

वि.सं.२०८२ भदौ २ सोमवार १८:२६

काठमाडौं । यस वर्षको नाडा अटोशो २०२५ अटोप्रेमीका लागि विशेष...