back

राम्रा कानून र मौद्रिक नीति कार्यान्वयन गर्न जरुरी : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा भएका राम्रा कानून र मौद्रिक नीतिलाई कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा नेपाल डेरी एसोसियसनले आयोजना गरेको खीर प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले राम्रा कानूनहरु भएर पनि कार्यान्वयन नहुँदा त्यसको असर निजी क्षेत्रले भोगिरहेको भन्दै कार्यान्वयन गर्न सरकार समक्ष आग्रह गरेका हुन् ।

उनले भने, ‘सरकारले बनाएका बजेट, कानून, मौद्रिक नीतिले बोलेका कुराहरु पनि सरकारको गति अनुसार कार्यान्वयन हुन सकेको छैन्,’ उनले थप भने, ‘वास्तवमा कतिपय राम्रा कानूनहरु भएर पनि कार्यान्वयन नभए त्यसको असर निजी क्षेत्रले भोगिरहेको हुनाले जतिपनि कानूनहरु परिवर्तन भए वा बजेटमा उल्लेख भएका कुराहरु छन् अर्थात मौद्रिक नीतिमा उल्लेख भएका विषयहरु गति अनुसार कार्यान्वयन गर्नका लागि आग्रह गरेका छौ ।’

उनले नेपाल डेरी एसोसियसनले कृषि उत्पादनको प्रवद्र्धनमा गरेको कामप्रति सकरात्मक रहेको भन्दै डेरीजन्य उत्पादनलाई ब्रान्डिङ गर्नुपर्ने समेत बताए ।

त्यस्तै सोही कार्यक्रममा बोल्दै एसोसियसनका अध्यक्ष प्रल्हाद दाहालले देशको विकास कृषि क्षेत्रबाट मात्र सम्भव रहेको भन्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउनुपर्ने बताए ।

उनले भने, ‘म उद्योग वाणिज्य महासंघलाई अनुरोध गर्न चाहन्छु यदी देशमा कृषि क्षेत्रको हुँदैन भने यो देशको विकास हुन सक्दैन । अरु क्षेत्रमा जतिसुकै विकास गरे पनि कृषि अपरिहार्य हो । कृषि क्षेत्रमा आत्मनिर्भर भयौ भने स्वदेशी मुद्रा बाहिर पठाउन पर्दैन ।’उनले अदालतबाट मुद्दा जित्दा समेत बिजुलीमा पाउने छुट नपाएको भन्दै यसमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

साउन १५ मा एक अर्ब रुपैयाँभन्दा बढीको दूध कारोबार हुने अनुमान

साउन १५ मा एक अर्ब रुपैयाँभन्दा बढीको दूध कारोबार हुने अनुमान

वि.सं.२०८३ साउन १३ बुधवार १५:०५

काठमाडौं । राष्ट्रिय खिर दिवसका अवसरमा मनाइने साउन १५ मा...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १३ बुधवार १३:१३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलर १५३ रुपैयाँ ६७ पैसामा कारोबार

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलर १५३ रुपैयाँ ६७ पैसामा कारोबार

वि.सं.२०८३ साउन १३ बुधवार १३:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको...

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

वि.सं.२०८३ साउन १२ मंगलवार १५:११

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ...

असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

वि.सं.२०८३ साउन १२ मंगलवार ०९:०२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १२ मंगलवार ०८:५९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...