back

गाउँलेका आँशु : सहअस्तित्वको कथामा पीडादायी घाउ, बाघ आयो अनि देवरानी फर्किइनन्

बाघका लागि बन नबच्दा, बाघ आफैँ गाउँ आएको हो । तर त्यो बाघ आयो, अनि त्यो साँझ एउटा मान्छे गयो । ‘सहअस्तित्व’ शब्द सुन्नमा मिठो लाग्छ–मानौँ मान्छे र बाघ एउटै धर्तीमा सँगै बाँच्न सक्ने छन् ।

nactional life

कन्चनपुर । आज जुलाई २९, विश्व बाघ दिवस । ‘सहअस्तित्व र आयआर्जन, बाघ संरक्षणको लागि मानव व्यवहार परिवर्तन’ भन्ने नारा गुञ्जिरहेको छ—तर यति भनिरहँदा, कञ्चनपुरको एक गाउँकी मिना शाहको आँखा फेरि रसाउँछन् ।

एक वर्ष भयो त्यो दिनलाई, जब उनले आफ्नी देवरानीलाई बाघको आक्रमणबाट गुमाइन् । आज पनि त्यो साँझ उनको आँखामा चलचित्रजस्तै घुमिरहन्छ—धेरै चुप लागेका कुराहरू सुस्केरा बनेर बाहिर निस्कन्छन् । ‘पहिला कहिल्यै यस्तो सुनेकै थिइनौँ यहाँ बाघ आइहाल्छ भनेर,’ उनी भन्छिन्, ‘अघिल्लो साँझ बाघ देखिएको खबर थियो, तर त्यसपछि केही पत्तो थिएन । हामी त खेतमै थियौँ । कसैले सावधानी पनि दिएन, कसैको चेतावनी पनि आएन ।’

उनी त्यो दिन आफ्नी देवरानीभन्दा अलिक परको खेतमा थिइन् । सधैंजस्तै हल्का थकाइ र खेतको माटोमा गोडमेल गर्दैगर्दा, उनले अनौठो हलचल देखिन् । बाघको छायाँ देखेकी थिइन्, तर तबसम्म…‘देवरानीलाई कता लग्यो, के ग¥यो, केही पत्तो लागेन,’ उनले भारी स्वरमा भनिन्, ‘केवल देवरानीको बचेको थियो रगतका छिटा ।’

त्यो दिन आवाज मच्चाउने कोही थिएन । डरले हरेक अनुहार चुप थिए । मिना आफैँ डरले कठ्यांग्रिएकी थिइन् ।

‘हल्ला गर्न, सहयोग माग्न, बचाउने केही गर्न हामीले सक्दै सकेनौँ,’ उनी भन्छिन्, ‘सबै जनालाई आफ्नै ज्यानको चिन्ता थियो । लास भेटियो… त्यो त भाग्य थियो ।’

उही गाउँका वृद्ध तिलपति पन्त आज पनि झस्किन्छन् जब कसैले बाघको कुरा गर्दा । ‘२०८१ सालमा लागेको थियो बाघ,’ उनी सम्झन्छन्, ‘एकैछिनको त्रास थियो त्यो— अहिलेसम्म पनि मनमा गहिरो घाउ छ ।’

पन्तले बताएजस्तो पहिलेजस्तो जंगल अहिले छैन । खोल्सो, झाडी, हरियाली सब मासिँदै गयो । त्यसैले बाघ गाउँ पस्न थालेको हो ।

‘बाघ पनि त बाँच्न चाहन्छ नि, भोक मेट्न चाहन्छ,’ उनी भन्छन्, ‘हामीजस्तै ऊ पनि पेटभरि खान खोज्छ । तर कहाँबाट खानु ? जंगल मासियो, शिकार घट्यो, उसको विकल्प नै छैन ।’

नेपाल न्यूज बैंकसँग कुरा गर्दै पन्त अहिले पनि गाउँमा बाघको त्रास रहेको बताउँछन् । उनले भने, ‘तरपनि अहिलेसम्म बाघको अहंकार त कम छ । त्यो घटना पछि त्रास अझैपनि छ ।’ बच्चाहरूलाई साँझ परेपछि एक्लै हिँड्न दिइँदैन । ‘सावधानी त छ तर मनको डर कहाँ हट्छ र ?’ उनी भन्छन् ।

बाघको संरक्षणका लागि संसारभरिका सरकारहरू, संस्था, संरक्षणविद्हरूले ठूलो लगानी गरेका छन् । तर जब संरक्षणले मानवीय जीवनमा आँसु, डर र मृत्यु ल्याउँछ, त्यो मूल्य कसले चुकाउने ? कञ्चनपुरको त्यो गाउँ यो प्रश्नको साक्षी बनेको छ ।

बाघका लागि बन नबच्दा, बाघ आफैँ गाउँ आएको हो । तर त्यो बाघ आयो, अनि त्यो साँझ एउटा मान्छे गयो । ‘सहअस्तित्व’ शब्द सुन्नमा मिठो लाग्छ–मानौँ मान्छे र बाघ एउटै धर्तीमा सँगै बाँच्न सक्ने छन् ।

तर त्यो सँगै बाँच्ने प्रयासमा एकतर्फ बाघको जीवन बचाउने संरक्षण हुन्छ, अर्कोतर्फ खेतमा काम गर्ने गरीब किसानको ज्यान गुम्ने जोखिम हुन्छ ।

हाम्रो नीतिमा बाघको लोप हुन नदिन योजना छ । तर देवरानी गुमाएकी मिना शाहका लागि त्यो योजना पीडाको पर्याय बनिरहेको छ ।

ती किसानहरूको आँखामा सहअस्तित्व तब हुनेछ, जब उनीहरूको सुरक्षालाई पनि संरक्षणको हिस्सा मानिन्छ । शायद त्यो दिन एक दिन आउला–जब कुनै मीना आफ्नो देवरानी गुमाउँदिनन् ।

जब जंगल हराउँदैन र बाघ बाँच्नका लागि गाउँ आउँदैन । जब संरक्षणको अर्थ एउटाको जीवन जोगाउन अर्कोको बलि दिनु हुँदैन । जब सहअस्तित्व नारा मात्र होइन, व्यवहार बनोस् ।

त्यो दिन अझै टाढा होला, तर आज बाघ दिवस ! त्यो यात्राको सम्झना बाघको लागि मात्र होइन, मिना शाहजस्ता सयौँ गाउँलेका लागि पनि हो ।

तर दोधारा चाँदनी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष  पदम सिहं रावलले वडामा विभिन्न किसिमका कार्यक्रमहरु गरेर बाघलाई गाउँ प्रवेश गर्न नसक्ने वातावरण बनाइरहेको दाबी गर्छन् ।

कंचनपुरमा बाघको आक्रमणबाट अहिलेसम्म दुई जनाको ज्यान गइसकेको छ। गतवर्ष दोधारा र त्यसअघि बेलौरीमा वाघले आक्रमण गरेको हो। दुबै ठाउमा भारतीय जङ्गलबाट आएका बाघले आक्रमण गरेर ज्यान गएको हो । शुक्लाफाटाका बाघको घनत्व बढी भएपनी अहिलेसम्म बस्ती छिरेर आक्रमण गरेको पाइँदैन् ।

कंचनपुरमा बाघको आक्रमणबाट अहिलेसम्म २ जनाको ज्यान गएको छ । गतवर्ष दोधारा र त्यसअघि बेलौरीमा । दुबै ठाउमा भारतीय जङ्गलबाट आएका बाघले आक्रमण गरेर ज्यान गएको हो । शुक्लाफाटाका बाघको घनत्व बढी भएपनी अहिलेसम्म बस्ती छिरेर आक्रमण गरेको देखिँदैन ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एलपी ग्यासको अनुदान खारेज गरिँदै, १० वर्षसम्म विद्युतीय चुल्होमा प्रोत्साहन

एलपी ग्यासको अनुदान खारेज गरिँदै, १० वर्षसम्म विद्युतीय चुल्होमा प्रोत्साहन

वि.सं.२०८३ जेठ ४ सोमवार १६:३१

काठमाडौँ । भान्सामा दैनिक पाक्ने खानासँगै नेपाली अर्थतन्त्रले एउटा गम्भीर...

मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ सुरु

मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ सुरु

वि.सं.२०८२ माघ २६ सोमवार १२:२५

जनकपुरधाम । मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ (हिजो) आइतबारदेखि सुरु...

पाटनको कृष्ण मन्दिर परिसरमा पर्यटकहरुको चहलपहल खस्किँदा स्थानिय व्यापारमा असर

पाटनको कृष्ण मन्दिर परिसरमा पर्यटकहरुको चहलपहल खस्किँदा स्थानिय व्यापारमा असर

वि.सं.२०८२ माघ २४ शनिवार १९:३४

ललितपुर । ललितपुरको पाटनस्थित ऐतिहासिक कृष्ण मन्दिर परिसर विहानैदेखि मानिसहरूको...

नेपालको ठूलाे गहिराे सुन्दर रारा ताल (तस्विरहरू)

नेपालको ठूलाे गहिराे सुन्दर रारा ताल (तस्विरहरू)

वि.सं.२०८२ माघ १९ सोमवार १९:२५

रारा ताल नेपालको सबैभन्दा ठूलो र गहिरो ताल हो। यो...

पुस्तक चर्चाः गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’

पुस्तक चर्चाः गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १६:४५

काठमाडौँ । नेपालको संविधान जारी भएपछि स्थानीय तहलाई स्थानीय सरकार...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्बिरहरु)

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्बिरहरु)

वि.सं.२०८२ मंसिर १६ मंगलवार ०९:४४

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर महादेवको...