back

१ अर्ब ६० करोडको लगानीमा म्यारियट मक्सी होटलको तयारी

यो म्यारियटकै ब्राण्ड हो । यसको नाम ‘मक्सी’ हो । होटल युवा वर्गको लागि लक्षित गरेर, म्युजिक र गेमहरु समावेश गरिनेछ । युवा लक्षित नेपालमा कुनै पनि त्यस्तो होटल नभएकाले नयाँ अवधारणाका साथ होटलको तयारीमा जुटेका हौं ।

काठमाडौं । करिब ६ बर्षअघि काठमाडौंको नागपोखरीमा पाँचतारे म्यारियट होटल संचालनमा ल्याएको एमएस ग्रुपले अर्को पृथक र नौलो होटलको तयारीमा जुटेको छ । विश्वव्यापी होटल चेन ब्रान्ड ‘म्यारियट’का नाममा विदेशी पर्यटक र युवाहरु लक्षित होटलको तयारीमा जुटेको हो ।

एमएस ग्रुपका अध्यक्ष एवम होटलका सञ्चालक शशीकान्त अग्रवालका अनुसार म्यारियट कै चेन ब्राण्डका रुपमा नयाँ ‘मक्सी’ होटल संचालनको तयारी गरिएको हो । १ अर्ब ६० करोडको लगानीमा कमलादीमा होटल निर्माण सुरु गरिएको र विदेशी ‘व्याक प्याकर्स’पर्यटक र युवाहरु लक्षित गर्दै नौलोपन दिने हिसाबले नयाँ होटलको तयारीमा जुटेको उनले बताए ।

यो होटल पूर्ण रुपमा युवा लक्षित हो ।

‘यो म्यारियटकै ब्राण्ड हो । यसको नाम ‘मक्सी’ हो । होटल युवा वर्गको लागि लक्षित गरेर, म्युजिक र गेमहरु समावेश गरिनेछ । युवा लक्षित नेपालमा कुनै पनि त्यस्तो होटल नभएकाले नयाँ अवधारणाका साथ होटलको तयारीमा जुटेका हौं,’ उनले भने, ‘यो होटल पूर्ण रुपमा युवा लक्षित हो । अर्को कुरा भनेको नेपाल विदेशी पर्यटकमा आधारित मुलुक भएकाले विभिन्न उमेर, रहर र शौखका मान्छेहरु आउँछन् । उनीहरुको लागि एउटा ब्राण्ड खोल्ने अवधारणका रुपमा म्यारियटले १० बर्षदेखि नै सोच बनाएको हो । नौलोपन दिन खोजेका हौं ।’

म्युजिकल इभेन्टहरुसहित विभिन्न रोमान्चक गतिविधि समावेश गर्नेगरी मक्सी होटल संचालनमा ल्याइने उनले बताए । यस्तै, उनले नेपालमा ५० लाख पर्यटकको लागि सरसाधन, होटल, कोठाहरु भएपनि होटलमा बस्नेगरी बार्षिक आठ लाखजति मात्र पर्यटक आउने गरेको बताए ।

उनले भने, ‘नेपालमा होटलको संख्या धेरै छ । धेरै पर्यटक आउने आशमा होटलमा ठूलो लगानी भइरहेको छ । तर जति पर्यटक भित्र्याइनुपर्ने हो, त्यो भित्राउन सकिएका छैनौं । नेपालमा कम्तीमा पनि ५० लाख पर्यटकको लागि सरसाधन, होटल, कोठा छन् । तर खास होटलमा बस्ने पर्यटक सातआठ लाखभन्दा बढि छैन् । वर्षमा ११–१२ लाख पर्यटक आउने गरेको देखाइन्छ । सातआठ लाख पर्यटकले यति धेरै होटललाई धान्न सक्दैन् । काठमाडौंमा रहेका चारपाँच वटा तारे होटलहरु छन् तिनीहरुको अवस्था एकदमै डरलाग्दो छ ।’

मार्केटिङ् र प्रचारप्रसारको कमीले नेपालमा पर्यटक नआउनुको प्रमुख कारण भएको उनले बताए । ‘नेपालले पर्यटन क्षेत्रमा आफूलाई मार्केटिङ् गर्ने हो भने ५० लाख पर्यटकहरु नेपालको लागि धेरै ठूलो संख्या होइन्,’ उनले भने ।

उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्ने काम पर्यटन बोर्डको भएता पनि खासै प्रभावकारी तरिकाले काम नगरको उनको गुनासो छ । पर्यटकहरुबाट उठाउने पैसा सबै प्रचार प्रसारमा लगाउने हो भने नेपालको पर्यटनलाई विकास गर्न समस्या नहुने उनले बताए ।

नेपालमा जनशक्तिको पनि ठूलो चुनौति रहेकाले जनशक्ति पलायन समस्याका रुपमा रहेको उनले औंल्याए । नेपालका होटल क्षेत्रमा काम गरेका दक्ष जनशक्ति विदेश पलायन भइरहेको उनले बताए ।

उनले सरकारले पर्यटनलाई उद्योग सरहको मान्यता दिएका कारण यसबाट धेरैले  रोजगारीहरु प्राप्त गर्न सक्ने भन्दै नेपालमा सांस्कृतिक र धार्मिक क्षेत्रलाई विजनेश पर्यटकीय क्षेत्र बनाउन सक्ने धेरै ठूलो नै सम्भावना रहेको पनि बताए ।

काठमाडौं उत्रिएका पर्यटकहरुलाई वाहिर जानका लागि भाडा महंगो हुने गरेको, सडक यात्राबाट समय धेरै लाग्ने साथै पूर्वाधार विकासमा देखिएको सुस्तताले होटलमा लगानी पर्याप्त हुन नसकेको उनले बताए ।

nactional life
Corporatebazar 11 Anniversary

बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तीको प्रक्रिया पूरा

बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तीको प्रक्रिया पूरा

वि.सं.२०८३ वैशाख १५ मंगलवार १९:५०

काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका...

खानेपानी क्षेत्रमा कर, विद्युत महसुल र ब्याजदर घटाउने विषयमा सरकार सकारात्मक

खानेपानी क्षेत्रमा कर, विद्युत महसुल र ब्याजदर घटाउने विषयमा सरकार सकारात्मक

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:२९

काठमाडौं । खानेपानी क्षेत्रमा लाग्दै आएको कर, विद्युत महसुल तथा...

एनटिसीका सबै २८ दिने प्याकेज अब ३० दिन अवधिमा विस्तार

एनटिसीका सबै २८ दिने प्याकेज अब ३० दिन अवधिमा विस्तार

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:२३

काठमाडौं । नेपाल टेलिकम (एनटिसी) ले प्रिपेड सेवाअन्तर्गतका २८ दिन...

१० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ बिक्री नगर्न सरकारको निर्देशन

१० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ बिक्री नगर्न सरकारको निर्देशन

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:१६

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० केजीभन्दा...

३ हजार रुपैयाँले घट्यो सुनको मूल्य

३ हजार रुपैयाँले घट्यो सुनको मूल्य

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:०५

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार)सुनचाँदीको मुल्य घटेको छ ।...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:४०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...