back

‘ढल प्रणाली विकास’ र ‘पानीको निकास’का योजना पहिलो प्राथमिकतामा राख्नुपर्ने

nactional life

काठमाडौं । त्रिपुरेश्वर, भोटेवहाल, थापाथली, सुन्धारा, बबरमहललगायत काठमाडौं महानगरपालिका वडा नम्बर ११ का सबैजसो ठाउँमा ढल निकास प्रणाली निर्माण गरेर पानीको निकास दिने कामलाई प्राथमिकतामा राख्नु पर्ने वडाबासीले माग गरेका छन् ।

ढलको आकार बढाउनु पर्ने, सफा गरेर पानीको निकास निर्वाध बनाउनु पर्ने माग राख्दै उनीहरुले बाढीजन्य विपदबाट आफूहरुलाई डर लागि रहेको बताएका हुन्  ।

बिहिबार वडाले आयोजना गरेको आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न योजनाको सार्वजनिक सुनुवाई र आर्थिक वर्ष २०८२/०८३ को योजना तर्जुका कार्यक्रममा सहभागी स्थानीयबासीले गएको वर्षको बाढीले पु¥याएको क्षति, मेलम्ची खानेपानीको पाइप लाइन फुट्दा उत्पन्न त्रास र यस वर्ष औसतभन्दा माथि बर्षा हुने पूर्वानुमानका विषयमा कुरा गर्दै पानीको सहज निकास आवश्यक रहेको बताए ।

कार्यक्रममा २२ जनाले वडाका कामको समीक्षा गर्दै आफ्ना अपेक्षा राखेका थिए । सहभागीहरु स्थानीय टोल सुधार समिति, उपभोक्ता समिति, क्लव, व्यवसायी, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा वडाबासी थिए ।

सहभागीको प्रश्नको जवाफमा वडाध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले स्थानीयको मागलाई विश्लेषण गरेपछि देखिने चित्रलाई कार्यान्वयन गरिरहेको बताए ।

उनले भने,‘धेरै जनाको मत जे मा छ, हामी त्यही गरिरहेका छौँ । हाम्रो क्षेत्राधिकारभित्र नपर्ने गुनासा आउँछन् । ती गुनासा लिएर जसको क्षेत्रमा पर्छ । उसलाई भनेर समाधान गरिरहेका छौँ ।’ कार्यान्वयन योग्य योजनामा ढल निकासलाई उदाहरण बनाएर तण्डुकारले भने, ‘ढल निकासको समस्या छ भने त्यो समस्या लिएर एक्लै वडामा नआउनु । छिमेकीसँग सल्लाह गरेर सबैको एउटै मत बनाएर आउनु । अनि मात्र कार्यान्वयन गर्न सकिन्छ । नत्र एउटाले माग्ने अर्कोले रोक्ने हुन थाल्छ । यसरी नतिजा निकाल्न सकिँदैन ।’

महानगरपालिका स्थापनाको सिद्धान्तबमोजिम अधिकार प्रक्षेपण नगरिएका कारण महानगरपालिकाले आफ्नो क्षमताअनुसारको नतिजाका लागि काम गर्न नपाएको प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...