back
himalayan life

मिदासको ‘मेरो डाक्टर’ अनलाइन भिडियो परामर्श शुरू, कोभिडसँग सम्बन्धित परामर्श निशूल्क

काठमाडौं । कोभिड–१९ महामारीकोबीच मिदासले ‘मेरो डाक्टर’ एप मार्फत अनलाइन भिडियो परामर्श सेवा आजदेखि शुरू गरेको छ । जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भइ धेरै बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसकेको अवस्थालाई मध्यनजर गर्दै मिदासले भिडियोबाटै परामर्श सेवा सुरु गरेको हो ।

समयमै उपचार वा परामर्शबाट बन्चित हुनुपर्दा बिरामीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न र बिरामीहरूको चिकित्सक वा अस्पतालसँगको सम्पर्क स्थापित गर्न यो अनलाइन भिडियो परामर्श सेवा प्रभावकारी हुने कम्पनीले विश्वास लिएको छ ।

नेपालका सयौँ कन्सल्टेन्ट डाक्टर र कैयन अस्पताल यस एपमा उपलब्ध हुनेहुँदा जुनसुकै रोगका बिरामीहरूले जुनसुकै स्थानबाट अनलाइन भिडियो परामर्श पाउन सक्ने गरी व्यवस्था मिलाइएको मिदास टेक्नोलोजिज्स् प्रा.लिका प्रबन्ध निर्देशक छत्रहरी कार्कीले बताए ।

जारी कोभिड–१९, को बन्दाबन्दीको अवस्थाका अतिरिक्त सामान्य समयमा समेत विशेषज्ञ चिकित्सकहरुले यस एप मार्फत स्वास्थ्य सेवा परामर्श दिन सकिने गरी व्यवस्था मिलाईएको छ । यसबाट स्वयम् विरामीहरुको समय र पैसा दुवैको बचत भइ अस्पतालहरुमा हुने अनावश्यक भीड कम गर्न मुख्य सहयोगी हुने विश्वास कम्पनीले लिएको छ ।

कोभिड महामारीको समयमा मात्र होइन, विशेषज्ञ चिकित्सकसँग एवम् अस्पतालसम्म आइ परामर्श लिन हामीलाई सामान्य समयमा समेत विविध खालका कठिनाई छन् । भौगोलिक विकटता एवम् विरामी अस्पतालसम्म जाने अनुकूल अवस्था कुरेरै बस्ने हाम्रो सामान्य प्रचलन छ । यस्तो अवस्थाबाट मुक्तिका लागि र आफ्नो रोगलाई थप बल्झिन नदिन यस्तो अनलाइन भिडियो सेवा उपयोगी हुनेछ । सामान्यतया रोगले च्यापेर थला नपरीकन अस्पताल वा डाक्टरको सम्पर्कमा जान नचाहाने हामी मध्ये अधिकांशलाई यो अनलाइन भिडियो परामर्श अत्यन्तै उपयोगी सिद्व हुनेछ । सामान्य रोगलाई अनलाइन परामर्शबाट नै उपचार गर्न र जटिल बन्न नदिन र उपचार सम्भव हुँदै अस्पताल वा विशेषज्ञ चिकित्सकहरूको सम्पर्कमा जान प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो अनलाइन भिडियो परामर्श सेवाको परिकल्पना गरिएको हो ।

जारी कोभिड–१९ सँग सम्बन्धित सम्पूर्ण स्वास्थ्य परामर्श सवै यस अनलाइन भिडियो परामर्शमा निशूल्क हुनेगरी व्यवस्था मिलाइएको छ ।

यसरी लिनुस् सेवा

विरामीहरुले आफुसँग रहेका मोबाइल अथवा ल्याप–टप मार्फत आफुले अनलाइन भिडियो परामर्श लिन चाहेको डाक्टरको समय कुनै पनि समय र स्थानबाट लिन सकिने छ । एन्ड्रोइड फोन प्रयोगकर्ताले गुगल प्ले स्टोरमा गएर सजिलै ‘मेरो डाक्टर’ एप डाउनलोड गरेर सेवा उपभोग गर्न सकिने छ ।

iOS फोन प्रयोगकर्ताले एप्पल स्टोरमा गएर तुरुन्तै ‘मेरो डाक्टर’ एप डाउनलोड गरि सेवा लिन सकिने छ ।

ल्याप–टप वा डेस्क–टपबाट भने सिधै www.merodoctor.com टाइप गरेर यो सेवा लिन सकिने छ । साथै डाक्टर एप कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा यो लिंक www.merodoctor.com/help ले थप मद्दत गर्नेछ ।

२०७८ जेठ १३ गते प्रकाशित

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला...

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण,...

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१२

काठमाडौं । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको...

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...