back

रिचार्जरले अक्सिमिटर ७९९ र अक्सिजन कन्सन्ट्रेटर ३९,९९९ मा उपलब्ध गराउने

काठमाडौँ । इ–कमर्श प्लेटफर्म रिचार्जरले कोरोना संक्रमितको चाप बढेका बेला देखिएको अक्सिजन अभावलाई ध्यानमा राख्दै बजार मूल्यभन्दा सस्तोमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने भएको छ । घरायसी प्रयोजनका लागि रिचार्जरले ५ लिटर क्षमताको YU-300 अक्सिजन कन्सन्ट्रेटर ३९ हजार ९९९ रुपैंयामा उपलब्ध गराउने भएको हो ।

रिचार्जरको मोबाइल एपमा जेठ १४ गते शुक्रबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म ५ घण्टा अवधिमा आउने बुकिङ तथा अर्डरमा मात्र उल्लेखित दरमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध हुनेछ । उक्त अवधिमा अस्पताल तथा घरायसी प्रयोजनका लागि जर्मन प्रविधिमा निर्मित ओगल्स ब्राण्डको ५ लिटर क्षमताको कन्सन्ट्रेटर ७५ हजार रुपैंया र १० लिटरको १ लाख ५० हजार रुपैंयामा उपलब्ध हुने ग्लोबल कि टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

उक्त अवधिमा पल्स अक्सिमिटर ७९९ रुपैंयामा उपलब्ध हुनेछ भने चीनीयाँ पीपीई सेट १ हजार ९९, जीएचसी डब्लुएचओ स्यानिटाइजर १०० मिलिलिटर ९९ रुपैंयाका साथै कोभिड प्रोटेक्टिभ उपकरणहरु सस्तो मूल्यमा उपलब्ध गराइने रिचार्जरले जनाएको छ । रिप्लेसमेण्ट वारेण्टी सहित अक्सिमिटर उपलब्ध हुनुका साथै अस्पताल तथा व्यक्तिलाई सस्तो मूल्यमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।

अर्डरका दौरान अग्रिम भुक्तानी गर्नेहरुलाई रिचार्जरले २ प्रतिशत नगद इन्स्टान्ट क्यास व्याक गर्नेछ । सेवाग्राहीले रिचार्जरमा उपलब्ध भुक्तानीका माध्यमबाट बुकिङ रकम भुक्तान गरे लगत्तै २ प्रतिशत रकम सेवाग्राहीको बैंक खातामा फिर्ता हुनेछ । एनआईसी एशिया बैंकका क्रेडिटकार्ड वाहकले १८ महिनाको किस्तामा सामान किन्न सक्ने व्यवस्था गरिएको छ । यसका लागि रिचार्जरबाट सामान खरिद गरेको बिल कार्डवाहकले बैंकलाई बुझाए पछि क्रेडिट कार्डबाट एकमुष्ठ भुक्तान गरिएको खरिद रकम बैंकले किस्ताबन्दीमा परिणत गरिदिनेछ ।

अस्ताल तथा धरायसी प्रयोजन मात्र नभई बैंक वित्तीय संस्था, सरकारी तथा गैर सरकारी संस्था लगायत कार्यालयहरुलाई पनि उल्लेखित मूल्यमा कन्सन्ट्रेटर उपलब्ध गराइने ग्लाइडरले बताए । शुक्रबार १२ बजेदेखि ६ बजेसम्ममा आएका अर्डरको डेलिभरी २४ घण्टादेखि ३६५ घण्टा भित्रमा गरिने रिचार्जरले जनाएको छ ।
थोकमा कोभिडका सामान खरिद गर्न चाहनेले दरबारमार्गस्थित मर्काण्टाइल प्लाजामा रहेको ग्लोबल कि टोक्नोलोजीमा सम्पर्क गर्न सक्ने छन् ।
गूगल प्ले तथा एप्पलको एपस्टोरबाट रिचार्जरको मोबाइल एप डाउनलोड गरी खाता सुचारु गर्दा १ हजार क्यास प्वाइन्ट पानेछ । मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउनेछ भने यसरी पाइने क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटका रुपमा रिडिम गर्न सकिन्छ ।

२०७८ जेठ १३ गते प्रकाशित

 

nactional life
Corporatebazar 11 Anniversary

कर्णाली प्रदेश : चार बर्षदेखि एउटै कार्यक्रम, हरेक बर्ष बजेट फ्रिज

कर्णाली प्रदेश : चार बर्षदेखि एउटै कार्यक्रम, हरेक बर्ष बजेट फ्रिज

वि.सं.२०८३ वैशाख १४ सोमवार १०:५३

सुर्खेत । कर्णाली प्रदेश सरकारले सस्तो लोकप्रियताका लागि ल्याएका कार्यक्रम...

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

वि.सं.२०८३ वैशाख १३ आइतवार १८:४६

काठमाडौँ । नेपाली उपभोक्ताका लागि बितेको चैत महिना महँगीको निकै...

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

वि.सं.२०८३ वैशाख १३ आइतवार १६:४५

काठमाडौं । सहकारीको बचत अपचलन गरी फरार रहेका वा दायित्व...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१६

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्...