back

आजबाट ट्रेड टावरकाे आईपीओमा आवेदन दिन सकिने

काठमाडौं। ट्रेड टावर लिमिटेडले आजबाट प्राथमिक साधारण शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकाे हो।

कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये अब कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषहरुका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरुका लागि ७९ हजार ४३३.८६ कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा जेठ १९ गते हुनेछ भने सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ २८ गतेसम्मका लागि लम्बिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

nactional life
Corporatebazar 11 Anniversary

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:३१

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक  बिहीबार...

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:३२

काठमाडौं । नेपालको पूँजी बजारमा शेयर धितो कर्जा (मार्जिन लेन्डिङ)...

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२७

काठमाडौं । सोपन फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक...

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२१

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका...

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १६ बुधवार ११:२६

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (बैशाख १६ गते) देखि...

एभरेष्ट कलर लिमिटेडको आईपीओ आजदेखि खुला

एभरेष्ट कलर लिमिटेडको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२९

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...