back
himalayan life

त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम जारी, डेढ बर्षभित्र सबै काम सकिने

काठमाडौं । त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम पूर्ण रुपमा सम्पन्न गर्न अझै डेढ बर्ष लाग्ने देखिएको छ । निर्माण कार्य रफ्तारमा भएपनि पूर्ण रुपमा काम सक्न अझै डेढ बर्ष लाग्ने देखिएको हो।

‘हाल ट्याक्सी–वे’, ह्यांगर र अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई पार्किङ क्षेत्र निर्माणको काम जारी छ। नागरिक उड्डयन प्राधिकरण ९क्यान० हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार हाल नियमित हवाइ उडानमा कुनै किसिमको अवरोध नगरी काम भइरहेको छ ।

गत २३ कात्तिकदेखि दैनिक १० घण्टा ९राति १० बजेदेखि बिहान ८ बजेसम्म०उडान–अवतरण बन्द गरेर थालिएको निर्माण कार्यमा असर नपर्ने गरी १९ माघदेखि भने ८ घण्टा मात्र विमानस्थल बन्द गरेर विस्तार गरिएको थियो । तर अहिले विहान ६ बजेदेखि रातको १२ बजेसम्म उडान जारी राखेर काम गरिरहेका छौं,’ श्रेष्ठले भने ।

ट्याक्सी–वे विस्तारको काम सकिएपछि त्रिभुवन विमानस्थल बृहत बनाउने गुरुयोजनाअन्तर्गत काम अघि बढाइएको छ । धावनमार्गका दुवै बिन्दुतर्फका समानान्तर ट्याक्सी वे, धावनमार्ग जोड्ने लिंक वे तथा जहाज पार्किङ एरियालाई एप्रोनसँग जोड्ने बाटो र ह्यांगर क्षेत्र निर्माण सकिएपछि ठूलो विमानस्थल सुविधा सम्पन्न हुने श्रेष्ठले बताए । विमानस्थल स्तरोन्नतिको काम सकिएपछि धावनमार्गको क्षमता करिब २० प्रतिशत बढ्ने अनुमान गरिएको छ ।

हालसम्म करिब ७० प्रतिशत बढी काम सकिएको र चाँडै काम सकेर सुविधा सम्पन्न र क्षमतावान विमानस्थल बनाइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको सचिवालयले जनाएको छ । १५ अर्ब रुपैयाँ लागतको परियोजनामा विमानस्थलको स्तरोन्नति भइरहेको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

वि.सं.२०८३ असार ११ बिहीवार २२:०९

काठमाडौँ । विद्यार्थीले निर्माण गरेका कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, साइबर सुरक्षा,...

असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार गर्ने लक्ष्य

असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार गर्ने लक्ष्य

वि.सं.२०८३ असार ११ बिहीवार १७:०४

काठमाडौं । नेपाल डेरी एसोसिएसनले राष्ट्रिय धान दिवस तथा असार...

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

वि.सं.२०८३ असार ११ बिहीवार १६:४७

काठमाडौं । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक...

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

वि.सं.२०८३ असार १० बुधवार १३:४८

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आज(वुधबार) देखि पुनः सञ्चालनमा...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार १० बुधवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार ९ मंगलवार ११:२०

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ...