आज एमाले संसदीय दलको बैठक बस्दै : बजेट अधिवेशनबारे छलफल हुने
वि.सं.२०८२ वैशाख १३ शनिवार
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक शनिबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
बैठकमा शुक्रवारबाट सुरु भएको संसद्को बजेट अधिवेशनबारे छलफल हुने र अधिवेशनलाई कसरी सफल बनाउने भन्नेबारे छलफल हुने प्रमुख सचेतक बर्तौलाको भनाई छ ।
बैठकमा शिक्षक आन्दोलनका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।
प्रकाशित समय : १२:४६ बजे





















