back

इसेवाले ल्यायो १ लाख जित्न सकिने अफर

काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले “झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस” अफर सार्वजनिक गरेको छ। बुधबारदेखि सुरु भएको उक्त अफर वैशाख २४ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

यस अवधिभर इसेवाबाट बैंक तथा सहकारीमा रकम ट्रान्सफर गर्दा हरेक दिन दुई जना भाग्यशाली प्रयोगकर्ताले ५–५ हजार रुपैयाँको बोनस जित्न सक्नेछन् । यस्तै एक जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ जित्ने अवसर प्राप्त गर्नेछन् ।

यस अफर अन्तर्गत क्युआर स्क्यान, इसेवा डाइरेक्ट वा खाता नम्बर प्रयोग गरी बैंकमा रकम ट्रान्सफर (बैंक ट्रान्सफर) गर्ने तथा क्युआर स्क्यान वा खाता नम्बर प्रयोग गरी सहकारीमा रकम ट्रान्सफर (सहकारी डिपोजिट) गर्ने सबै प्रयोगकर्ताहरू पुरस्कारको लागि स्वतः योग्य हुने इसेवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हाल इसेवामा नेपालका सबै प्रमुख बैंक तथा वित्तीय संस्थाहरू साझेदार रहेका छन्। सहज ट्रान्सफरसँगै प्रयोगकर्ताहरूले अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, तथा एजेन्ट सेवा जस्ता माध्यमबाट सहज र सुरक्षित रूपमा इसेवामा रकम लोड गर्न सक्छन्।

nactional life
Corporatebazar 11 Anniversary

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १७:२२

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूका लागि खुसीको खबर...

खाना पकाउने ग्यास १५० रूपैयाँले बढ्दा पेट्रोल र डिजेलको मूल्य कति?

खाना पकाउने ग्यास १५० रूपैयाँले बढ्दा पेट्रोल र डिजेलको मूल्य कति?

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५९

काठमाडौं । नेपाल आयल निगमले इन्धनको नयाँ मूल्य समायोजन गरेको...

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२४

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (शुक्रबार) ३ हजार...

रामेछाप जोड्ने तीन वटा पक्की पुलको एकैसाथ टेण्डर खुल्यो

रामेछाप जोड्ने तीन वटा पक्की पुलको एकैसाथ टेण्डर खुल्यो

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:५७

रामेछाप । रामेछाप जोड्ने ३ वटा पक्की पुलको एकै पटक...

सुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख १७ बिहीवार ११:०४

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...