back
nactional

पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म बुक गर्न सकिने

काठमाडौँ । पठाओ नेपालले ‘पठाओ रेन्टल’ सेवा सुरु गरेको छ । ‘मुभिङ नेपाल’को आफ्नो संकल्पलाई अघि बढाउँदै कम्पनीले उक्त सेवा सुरु गरेको जनाएको छ ।

कम्पनीका अनुसार अब प्रयोगकर्ताहरूले मोबाइल एपमार्फत कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म सहजै बुक गर्न सक्नेछन् । पठाओ रेन्टल सेवामा प्रयोगकर्ताले कम्तीमा एक घण्टा अगाडि वा बढीमा सात दिनअघि नै गाडी बुक गर्न सकिने कम्पनीको भनाइ छ ।

विवाह, पिकनिक, पर्यटन तथा कार्यालयको प्रयोजनका लागि पनि आवश्यकताअनुसारका गाडी बुक गर्न सकिनेछ।

पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातका अनुसार सवारी बुक गर्दा  प्रयोगकर्ताले आफैले भाडा प्रस्ताव समेत गर्न सक्नेछन् भने दुवै पक्षबीच सहमतिपछि यात्रा सुनिश्चित हुनेछ । निर्धारित भाडामा सडक दस्तुर, पार्किङ, इन्धन र रातको बसाइलगायतका सबै खर्च समेटिनेछ ।  “पठाओ रेन्टल सेवा यात्रुहरूको सहजता र पठाओका चालकका लागि अतिरिक्त आम्दानीको अवसरका लागि ल्याइएको हो” बस्न्यातले भने, “यस सेवामार्फत यात्रालाई अझ व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य लिएका छौँ ।”

कम्पनीका अनुसार अन्य सेवामा जस्तै यस सेवामा पनि बीमाको सुविधा उपलब्ध गराइएको छ । कम्पनीका अनुसार प्रयोगकताएले २४सै घण्टा गाडी बुक गर्न सक्नेछन् भने यात्रा अवधिमा कुनै गुनासा सम्बोधन गर्नका लागि २४सै घण्टा ग्राहक सहायता सेवा सञ्चालनमा ल्याइएको छ । ग्राहकले पठाओ एपमा दिइएको फोन नम्बरमा सम्पर्क गरेर पनि गाडी बुक गर्न सक्ने कम्पनीको भनाइ छ । 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

वि.सं.२०८३ भदौ २ मंगलवार १४:०४

काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७...

ई–कमर्स व्यवसायी अनिवार्य रुपमा विभागमा सूचीकृत हुनुपर्ने

ई–कमर्स व्यवसायी अनिवार्य रुपमा विभागमा सूचीकृत हुनुपर्ने

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३६

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यम...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८३ भदौ २ मंगलवार ११:२५

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ...

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

वि.सं.२०८३ भदौ २ मंगलवार १०:४१

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित विभिन्न म्युचुअल...

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४०

काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना मोबाइल उपकरणको...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:३४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...