back
himalayan life

धरान-चतरा सडक खण्डमा बस पल्टियो, ३१ जना घाइते

मकवानपुर । मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । बकैया गाउँपालिका वडा नम्बर–३ चिसापानी बजारस्थित धरान–चतरा सडक खण्डमा बस अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ ख ०२७० नम्बरको बसमा भीमफेदी गाउँपालिका कृषी तथा पशु शाखाबाट अगुवा कृषक भ्रमणमा रहेका कृषक र प्राविधिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए

भ्रमण सकेर फर्किँदै गरेको अवस्थामा गएराती ९ः३० बजेको समयमा चिसापानी बजारस्थित धरान–चतरा सडक खण्डमा सिन्धुलीबाट हेटांैडातर्फ आउँदै गरेको घुम्तिमा दुर्घटना भएको उनले बताए । उनका अनुसार दुर्घटनामा बसका चालक सहित ३१ जना सवार रहेको यात्रु घाइते भएका छन् ।

दुर्घटनामा मकवानपुर भीमफेदी–३ बुल्मिङ बस्ने वर्ष ४६ को श्रीराम बज्यु, भीमफेदी–५ ज्यामिरे बस्ने वर्ष ५५ की रिता कुमारी मगर, चितवन राप्ति–२ गडौली बस्ने वर्ष २९ को पशुको डा. सरोज ओझा, डा.ओझाको श्रीमती वर्ष २७ की रेश्मा सुवेदी, भीमफेदी–६ टारगाँउ बस्ने भीमफेदी गाउँपालिकाककी कार्यपालिका सदस्य वर्ष ४५ की सुमित्रा लामा, सोही स्थान बस्ने वर्ष ५५ की श्री सानी आले, भीमफेदी–५ अकोटे बस्ने वर्ष २५ को अनिल स्याङबो घाइते भइ उनीहरुलाई थप उपचारको लागि भरतपुर पठाइएको प्रवक्ता अर्यालले बताए ।

त्यस्तै दुर्घटनामा घाइते भएका मकवानपुर भीमफेदी–२ निगाले बस्ने वर्ष ४५ का दिलिपराज बुलन, भीमफेदी–५ सुपिङ बस्ने वर्ष ५१ को यदुनाथ पुडासैनी, मकवानपुरगढि–३ मक्रान्चुली बस्ने वर्ष ४२ को नारायण प्रसाद शर्मा, हेटौडा–११ थानाभर्याषङ बस्ने वर्ष २९ को उज्वल राना मगरको उपचार पश्चात् डिस्चार्ज गरिएको प्रवक्ता अर्यालले बताए ।

त्यसैगरी दुर्घटनामा भीमफेदी–६ भदौरे बस्ने वर्ष ३२ को सुदिप पराजुली, भीमफ्फेदी–२ चौकीडाँडा बस्ने वर्ष २७ को सुयास पाख्रिन, भीमफेदी–९ झिरघारी बस्ने वर्ष २७ को शुभाष रुम्बा, सोही स्थान बस्ने वर्ष ५२ को हितचन्द्र मोक्तान, भीमफेदी–२ का वडा अध्यक्ष वर्ष ४९ को कासीराम बज्युको हेटौंडा स्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रवक्ता अर्यालको भनाई छ ।

दुर्घटनामा परेर घाइते भएका हेटौंडा–१८ बस्ने वर्ष २५ को रुबिन घर्ती, भीमफेदी–३ बस्ने वर्ष ५३ को बुद्विसिंह दोङ, भीमफेदी–८ बस्ने वर्ष ३९ की सिता थिङ, सोही स्थान बस्ने बस्ने वर्ष ३५ कि सुर्य माया घलान, भीमफदी–१ बस्ने वर्ष ५० को करणध्वज पाख्रिन, हेटौंडा–१८ हर्नामाडी बस्ने वर्ष २९ को विमल ढुंगाना, भीमफेदी–४ चिउरी बगैचा बस्ने वर्ष ४० को कृष्णहरी गाहा मगर, भीमफेदी–७ मान्डु बस्ने वर्ष अं. ३८ को सुजन प्रजा, भीमफेदी–८ गँगटे बस्ने वर्ष ४३ को मान बहादुर लामा, भीमफेदी–१ सानुटार बस्ने वर्ष ४२ को राजेन्द्र कुमार स्याङतान, भीमफेदि गाँउपालिकाको कृषि प्राविधिक वर्ष २९ को सानु कान्छा घिसिङ, भीमफेदि गाँउपालिकाको पशु प्राविधिक वर्ष ३१ को पुष्पलाल बज्यु, भीमफेदी–३ बस्ने वर्ष ४८ को अर्जुन तामाङ, बसका सहचालक उदयपुर रौतामाई–५ बस्ने वर्ष ३२ को सतिह दाहाल उपचार पछि डिस्चार्ज गरिएको प्रवक्ता अर्यालले बताए ।

बासका सहचालक दाहाल प्रहरीको नियन्त्रणमा रहेका छन् भने चालक फरार रहेका छन् । फरार रहेका चालकको खोजी भइरहेको प्रवक्ता अर्यालले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

वि.सं.२०८३ असार ९ मंगलवार १३:५६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ का...

पूर्वअर्थमन्त्री पौडेललाई काठमाडौं ल्याइयो, म्याद थपका लागि अदालत लगिँदै

पूर्वअर्थमन्त्री पौडेललाई काठमाडौं ल्याइयो, म्याद थपका लागि अदालत लगिँदै

वि.सं.२०८३ असार ९ मंगलवार १३:२५

काठमाडौं । शंकास्पद सम्पत्तिको स्रोत र सेयर कारोबारसम्बन्धी अनुसन्धानका क्रममा...

चिया निर्यातका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन

चिया निर्यातका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन

वि.सं.२०८३ असार ९ मंगलवार ११:१२

काठमाडौं । नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्या पहिचान...