back

रौतहटका वन जङ्गलमा डढेलोको प्रकोप, मानव बस्ती जोखिममा

nactional life

रौतहट । गर्मीको सुरुवातसँगै रौतहटका वन जङ्गलमा डढेलोको प्रकोप देखिन थालेको छ । पश्चिमा तातो हावासँगै फैलदो डढेलोले जंगली बोटविरुवा मात्र नभई जनावरहरुसमेत प्रभावित भएका छन् ।

जंगली जनावरहरु डढेलोबाट जोगिन सुरक्षित आश्रय स्थल तिर भाग्ने गरेको स्थानीयहरु बताउँछन् । अहिले दैनिक जसो यहाँ वन जङ्गलमा डढेलो लाग्ने गरेको स्थानिय विकाश सुबेदीले बताए । उनका अनुसार वन जङ्गलमा डढेलो संगै हिउँदमा वन्यजन्तु चोरी निकासी प्रमुख समस्या देखिन्छ ।

डढेलोले जंगली जनावरहरु बासस्थान छाडी वस्ती आसपास र राजमार्गमा देखापर्ने गरेकाले सिकारीहरुलाई समेत वन्यजन्तु शिकार गर्न सजिलो भएको उनको भनाइ छ । जिल्लाको उतरी भेगमा लमहा, पौराई, गैडाटार, चन्द्रनिगाहपुर, भोलनटार, सिमरी, बलेरी, जंगलसैया, भैसहीलगायतका जंगल क्षेत्रमा डढेलो बढि लाग्ने गरेको पाईन्छ ।गर्मीमा सुरुवात भएदेखि नै डढेलो लाग्ने गरेकोले वन जङ्गल नजिकको बस्तीमा पनि जोखिम उतिकै रहेको चन्द्रपुर नगरपालिका वडा न ६ का वडाअध्यक्ष सहदेव के.सी.ले बताए ।

चिम्नीटोल र डाबरी टोलको नजिकमा रहेको वनमा डढेलो लागेको थियो । उनका अनुसार सामुदायिक तथा साझेदारी बन संगै जोडिएको बस्ती नै जोखिममा परेपछी शनिबार दिउँसो वरुण यन्त्र (दमकल) को सहयोगमा डढेलो नियन्त्रणमा लिइएको हो । चौपाया चराउन र घाँस दाउरा लिन जानेहरुले चुरोट–बिडी सेवन गरी फालेको ठुटोबाट वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ ।

अर्कोतर्फ वस्तुभाउ चराउन जाने गोठालाले नयाँ घाँस उम्रिने भन्दै आफैसमेत आगो लगाउने गरेका छन् ।वन जङ्गलमा डढेलो नलगाउन डिभिजन वन कार्यलय रौतहटले आग्रह गरेको छ । यदपी वनमा डढेलो लगाउने कार्यमा सग्लनको पहिचान गरि कार्वाही गरिने उल्लेख गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...