back

आइपिएलमा मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले चार विकेटको जित निकालेको छ । आइपिएलको १८ औं संस्करणको तेस्रो खेलमा चेन्नर्ईले मुम्बईलाई चार विकेटले पराजित गर्दै विजयी सुरूवात गरेको हो ।
कप्तान ऋतुराज गायकवाड र ओपनर रचिन रविन्द्रको अर्धशतकमा चेन्नाई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको हो ।

मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नर्ईले ६ विकेट गुमाएर १९.१ ओभरमा पूरा ग¥यो । ओपनर रचिन रविन्द्र ६५ रन बनाउँदै नट आउट रहे । उनले ४५ बलमा २ चौका र ४ छक्का हाने ।
कप्तान ऋतुराज गायकवाडले २६ बलमा ६ चौका र ३ छक्का प्रहार गरी ५३ रन बनाए । रवीन्द्र जडेजा १७ रन बनाएर नट आउट रहे। चेन्नाईका अन्य ब्याटर चल्न सकेनन् ।

महेन्द्रसिंह धोनीले दुई बल मात्रै खेले तर रन बनाउन सकेनन् । बलिङतर्फ मुम्बईका विग्नेश पुथुरले तीन तथा दीपक चाहर विल ज्याक्सले एक/एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ३१ रन बनाए । उनले ४१ बलमा २ चौका र २ छक्का हाने । कप्तान सूर्यकुमार यादवले २६ बलमा २ चौका र १ छक्का प्रहार गरी २९ रन बनाए ।

बलिङतर्फ चेन्नर्ईका नूर अहमदले ४, खलिल अहमदले तीन ‍तथा नाथन इलिस र रविचन्द्रन आश्विनले एक/एक विकेट लिए । आइपिएलमा सोमबार दिल्ली क्यापिटल्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

२४ वर्षमा पनि नसकिएको कमेरोटार आयोजना: कानुनी उल्झन र ढिलाइले स्थानीय आजित

२४ वर्षमा पनि नसकिएको कमेरोटार आयोजना: कानुनी उल्झन र ढिलाइले स्थानीय आजित

वि.सं.२०८३ साउन ११ सोमवार २२:३४

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रस्थित कमेरोटार जग्गा एकीकरण...

सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

वि.सं.२०८३ साउन ११ सोमवार १९:५५

काठमाडौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख...

महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गर्यो चौथो रणनीतिक योजना

महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गर्यो चौथो रणनीतिक योजना

वि.सं.२०८३ साउन ११ सोमवार १९:५२

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले आफ्नो चौथो रणनीतिक योजना सार्वजनिक गरेको...

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

वि.सं.२०८३ साउन ११ सोमवार १९:४६

जनकपुर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक...

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य सेवा कार्यान्वयन माग गर्दै सर्वोच्चमा परेको रिटमा सरकारलाई कारण देखाउ आदेश

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य सेवा कार्यान्वयन माग गर्दै सर्वोच्चमा परेको रिटमा सरकारलाई कारण देखाउ आदेश

वि.सं.२०८३ साउन ११ सोमवार १९:४३

काठमाडौं । अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी...

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

वि.सं.२०८३ साउन ११ सोमवार १५:४४

चितवन। नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यासको आयात र आपूर्ति...