back
himalayan life

प्राथमिकताको आधारमा योजनाका बजेट छनोट गर्नुपर्छ : मन्त्री सिंह

काठमाडौं । उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले योजना छनोट गर्दा प्राथमिकताको आधारमा बढि फाइदा हुने खालका योजनाका बजेट छनोट गर्नुपर्ने बताएका छन्। बुधबार बिहान सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै मन्त्री सिंहले योजना सम्पन्न गर्न धेरै रकम चाहिने तर सिमित स्रोत साधनले काम गर्दा ढिलो हुने भन्दै योजना छनोट गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपालकोे अर्थतन्त्रको अवस्थाको कारण हामी व्यवहारीक हुनुपर्छ । योजना छनोट गर्दा प्राथमिकताको आधारमा बढि भन्दा बढि फाइदा हुनेखालको योजनामा बजेट राख्दा राम्रो हुन्छ । योजना सम्पन्न गर्न धेरै रकमहरु चाइएको हुन्छ, तर हामीलाई उपलव्ध भएको स्रोत र साधन जति छ त्यही अनुसार काम गर्दा छिटो हुने काम ढिलो हुन्छ ।’ उनले उपत्यकाको नदिहरुको व्यवस्थाको लागि सरकारले अरबौ लगानी गर्दा पनि प्रतिफल नआएको बताए ।

‘उपत्यकाको नदिहरुको अवस्था एकदमै नाजुक छ । त्यसलाई सुधार्न धेरै कामहरु गर्नुपर्ने छ । ढलहरु नदिमा खन्याउने गरेको छ त्यसलाई रोक्न के गर्नुपर्छ भन्ने कुरा भनेर मैले सरकारलाई प्रश्न पनि गरे सरकारले यत्रो अरबौ रुपैयाँ लगानी गरिसक्यो अवस्था त्यही छ के गर्नुभएको हो । इन्जिनियरहरुले चै डिजाइन गरेको असफल भएको हो की इन्जिनियरहरु विदेशी  विश्वविद्यालयबाट डिग्री लिएर आएका छन् ।

तर डिजाइनमा चै समस्या भएको कारणले यस्तो अवस्था भइरहेको छ यसलाई सच्याउन तर्फ हामी गइरहेका छौ । नदी सफा राख्नलाई बढि जोड दिइरहेका छौ,’ उनले भने । यस्तै, छलफलमा शहरी विकास महाशाखाका सहसचिव पद्मकुमार मैनालीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए। 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला...

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण,...

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१२

काठमाडौं । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको...

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

वि.सं.२०८३ असार ११ बिहीवार १६:५०

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल...