back

‘२५ करोड रकम तस्करी पछाडीको नाइकेहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्छ’ : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले २५ करोड अवैध रकम तस्करी पछाडीको प्रमुख व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भरियालाई समाउने तर मालिकसम्म नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको भन्दै सरकार यस्ता तस्करहरुको नाइकेसम्म पुगेर उनीहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताए । उनले भने, ‘नेपाल सरकारले हिजो अवैध रुपमा सिन्धुपाल्चोकका कुसाङ लामा ड्राइभरले चलाएको एउटा ट्रकबाट २५ करोड नेपाली रुपैयाँ, युरो र डलर गरेर आएको अवैध रकम समात्न सफल भएकोमा नेपाल सरकारलाई धन्यवाद दिन चाहान्छु।

कहिले सुन तस्करीका रुपमा, कहिले डलर तस्करीका रुपमा प्रयोग हुने ड्राइभर र भरियालाई समाउने जो धनी छ त्योसम्म नपुग्ने यो प्रवृत्तिलाई अन्त्य गर्न सरकारसँग माग पनि गर्न चाहान्छु ।

भरियालाई समाउने तर मालिकसम्म नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको थियो अहिले पनि सरकार त्यसैगरि अन्तिमसम्म नपुगेर ड्राइभर र भरियालाई मात्र समाएर नाइकेलाई समाउन सफल भएन भने फेरि आँखामा छारो हाले जस्तो देखिन पुग्छ त्यसैले सरकार यस्ता तस्करहरुको नाइकेसम्म पुगोस, जुन तहको भएपनि त्यसलाई कारबाहीको दायरामा ल्याओस भनेर अनुरोध गर्न चाहान्छु ।’

यसको साथै, उनले जनतामा निरशा छाएको बेला सरकार तस्कर र भ्रष्टाचारीहरुलाई तह लगाउन तयार छ भन्ने सन्देश हिजोको कामले दिएको भन्दै सरकारलाई धन्यवाद पनि दिएका छन् ।

nactional life
Corporatebazar 11 Anniversary

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:०५

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको...