back
himalayan life

त्यो २५ करोड कस्को हो ? सरकार दोषीमाथि कारवाही होस् : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले २५ करोड बराबरको अवैध विदेशी मुद्रा बरामद प्रकरणमा मुख्य दोषिसम्म पुग्ने गरि अनुसन्धान गर्न माग गरे।

उनले विभिन्न प्रकरणमा ड्राइभर र भरिया पक्रने र मालिकसम्म नपुग्ने प्रवृति देखिएको भन्दै मुख्य नाइकसम्म पुगेर कारवाही गर्नुपर्नेमा जोड दिए।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले सरकारले केही गर्न सक्दैन भन्ने गलत भाष्य चिर्न उक्त घटनाका मुख्य दोषी पत्ता लगाइ तस्करी र भ्रष्टाचारी तह लगाउन सरकार तयार छ भन्ने सन्देश दिनुपर्ने बताए। ‘नेपाल सरकारले हिजो अवैध रुपमा सिन्धुपाल्चोकका कुसान लामा ड्राइभरले हाकेको एउटा ट्रकबाट २५ करोड नेपाली रुपैयाँ युरो र डलर गरेर समात्न सफल भएकोमा सरकारलाई धन्यवाद दिन चाहन्छु।

कहिले सुन तस्करीका रुपमा त कहिले डलर तस्करीका रुपमा प्रयोग हुने ड्राइभर र भरियाहरूलाई समाउने । जो धनी छ उनीहरू कहाँ नपुग्ने?

यो प्रवृत्तिलाई अन्त्य गर्न सरकारसँग माग गदर्छ। कहिले १८ किलो सुन, कहिले ३३ किलो सुनका नाममा यसैगरी विभिन्न भरिया र ड्राइभरलाई पक्रिने र मालिकसँग नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको थियो। अहिले पनि सरकार त्यसैगरी गहिरो अनुसन्धानसम्म नपुगेर यिनै ड्राइभर र भरियालाई समातेर मुख्य व्यक्तिलाई समात्न नसके फेरि आँखामा छारो हालजस्तो देखिन पुग्छ,’उनले भने,’यसैले सरकार यस्ता तस्करीका नाइकेहरूसँग पुगोस् जुन तहको भएपनि कारवाहीको दायरामा ल्याओस।’

त्यस्तै सांसद रोशन कार्कीले टोखामा ठूलो मात्रामा अवैध विदेशी मुद्रा बरामद भएको भन्दै नेपाल तस्करहरूको ट्रान्जीट प्वाइन्ट बनेको हो ? भन्दै प्रश्न गरिन्। भ्रष्टाचारमा नेपालले नयाँ नयाँ किर्तिमान कायम गरेको उनले टिप्पणी गरिन् । उनले जनताको सहनशिलतामा धेरै परीक्षा लिइराखे सरकारलाई अप्ठेरो पर्ने चेतावनी समेत दिइन्।

मंगलबार प्रहरीले काठमाडौंको टोखाबाट करिब २५ करोड बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकका कुसान लामालाई पक्राउ गरेको थियो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला...

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण,...

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१२

काठमाडौं । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको...

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

वि.सं.२०८३ असार ११ बिहीवार १६:५०

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल...