back

प्रदूषण फैलाउने सवारी साधनलाई महानगर प्रहरीले कारवाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले तोकिएको मापदण्ड बाहिर गएको सवारी साधनलाई कारबाही गर्ने हिसाबले अगाडि बढेको बताएका छन् ।

काठमाडौं महानगरपालिकामा स्थलगत सवारी साधन परीक्षणबाट प्राप्त निष्कर्षहरू साझा गर्दै उनले सवारी साधनबाट धेरै प्रदूषण हुने भएको हुनाले त्यसको जाँच गरेर कारबाहीको दायरामा ल्याउने हिसाबले अगाडि बढेको बताए ।

उनले भने,‘राजधानीबासीहरुको स्वास्थ्यमा प्रतिकूल असर हुनेगरि क्यान्सर जस्तो घातक रोगहरु निम्ताउने र फोक्सोका रोगहरु पनि निम्ताउने प्रदूषण सवारी साधनबाट आउने गरेको हुनाले सवारी साधनलाई मेनटेन गरेर मात्र चलाउनुपर्छ, तोकिएको मापदण्ड बाहिर गएको सवारी साधनलाई नियन्त्रणमा लिनुपर्छ भन्ने हिसाबले कारबाही चलाएका छौ ।’

यसको साथै, उनले एक डेढ महिनाको अवधिमा हेर्दा सार्वजनिक यातायातको सवारी साधन झण्डै ७० प्रतिशतको हाराहारीमा मेनटेन नभएको देखिएको भन्दै जाँच गर्दा पास नभएको सवारी सधानलाई ग्यारेजबाट बाहिर निस्किन नदिने प्रक्रियामा रहेको बताए ।

उनले भने, ‘एक डेढ महिनाको अवधिमा हेर्दा सार्वजनिक यातायातको सवारी साधन झण्डै ७० प्रतिशतको हाराहारिमा मेनटेन नभएको देखिन्छ । हामीले एक महिना जति टेस्ट गरेर, कबुल गर्न लगाउँदा पनि सुधार भएको छैन्, त्यसकारण सार्वजनिक यातायातको साधनलाई अब उहाँहरुको ग्यारेजमा नै गएर जाँच गर्छौ । हामीले जाँच गर्दा पास नभएको सवारी सधानलाई ग्यारेजबाट बाहिर निस्किन नदिने प्रक्रियामा छौ । नीजि गाडीहरुले पनि धेरै धूँवाहरु फालेको देखिन्छ र ती गाडिहरुलाई भने नियन्त्रणमा लिएर कारबाही पनि गरेका छौ ।’

ग्रीन स्टिकट भएका सवारी साधनले पनि धूँवा फालेको हुनाले यो सँग सम्बन्धित यातायात व्यवस्था कार्यालयमा गएर कसरी जाँच हुने गरेको छ । त्यसको पनि निरिक्षण गरेको उनको भनाई छ ।

nactional life
Corporatebazar 11 Anniversary

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको...

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ११:१३

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

वि.सं.२०८३ वैशाख १६ बुधवार ११:००

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले केन्द्र सरकारले शनिबार र आइतबार...

रास्कोट नगरपालिका : आशालाग्दो स्थानीय तह, विकासमा फड्को

रास्कोट नगरपालिका : आशालाग्दो स्थानीय तह, विकासमा फड्को

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:३७

सुर्खेत । कालिकोटको रास्कोट नगरपालिकाले सीमित स्रोतसाधनकाबीच स्थानीय सरकार नागरिकको...

४० जनालाई फोटोग्राफी तालिम दिन काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबिच सम्झौता

४० जनालाई फोटोग्राफी तालिम दिन काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबिच सम्झौता

वि.सं.२०८३ वैशाख १५ मंगलवार १९:४४

काठमाडौं । काठमाडौं महानगरपालिकाले युवाहरूलाई सिपमूलक र रोजगारमूलक फोटोग्राफी तालिम...

उपत्यकामा वैशाख १५ देखि नियमित पठनपाठन सुरु गर्न मेयर्स फोरमको आग्रह

उपत्यकामा वैशाख १५ देखि नियमित पठनपाठन सुरु गर्न मेयर्स फोरमको आग्रह

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:३३

काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले विद्यालय सञ्चालन र शैक्षिक...