back

एशियन लाइफ इन्स्योरेन्सको शेयरमा आवेदन दिने आज अन्तिम दिन

nactional life

काठमाडौं । महालक्ष्मी विकास बैंकले लिलामीमा राखेको एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले गत वैशाख २६ गते १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो।

उक्त शेयरमा लगानीकर्ताले न्यूनतम आधारमूल्य ६९८ रुपैयाँ वा सोभन्दा बढी प्रतिस्पर्धी मूल्यमा बोलकबोल गर्नुपर्नेछ ।

लिलामी शेयर खरीदका लागि विद्यमान शेयरधनीका साथै जो कोही व्यक्ति, कम्पनी र संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिन्छ ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा आज (जेठ ९ गते) कार्यालय समय भित्र आवेदन पेश गर्नुपर्नेछ ।

२०७८ जेठ ९ गते प्रकाशित

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ

कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ

वि.सं.२०८३ जेठ १२ मंगलवार १८:२५

काठमाडौं । कन्सुलर सेवा विभागद्वारा कन्सुलर सेवा प्रवाहलाई थप सहज,...

मध्यम व्यवसायी जोगाउन नसके अर्थतन्त्र नै संकटमा पर्छ : लिलाबल्लभ दाहाल

मध्यम व्यवसायी जोगाउन नसके अर्थतन्त्र नै संकटमा पर्छ : लिलाबल्लभ दाहाल

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:४९

काठमाडौं । पर्यटन व्यवसायी तथा युवा उद्यमी लिलाबल्लभ दाहाल ले...

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:४५

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा...

आगामी बजेटको पूर्वसन्ध्यामा व्यवसायीको गर्जन: ‘अनुदार नीति र क्रिमिनल माइन्डसेट अन्त्य गर, करको भार घटाउ’

आगामी बजेटको पूर्वसन्ध्यामा व्यवसायीको गर्जन: ‘अनुदार नीति र क्रिमिनल माइन्डसेट अन्त्य गर, करको भार घटाउ’

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:३१

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको पूर्वसन्ध्यामा...

कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

वि.सं.२०८३ जेठ १२ मंगलवार १६:४१

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका १६ लाख नागरिकको विपद्...

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:३९

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...