back

संसदीय समितिमा राष्ट्रिय निकुञ्ज सम्बन्धित नीतिगत समस्याहरुबारे छलफल

‘हाम्रो वन मन्त्रालयलाई सरकारले १५ अर्ब बजेट दिन्छ । राज्यलाई कति अर्ब तिर्छ भन्दा ३ अर्ब, सधैँ १२ अर्बले वन क्षेत्रलाई कसरी पाल्नेसँग राज्यले भन्ने एकदमै आवश्यक प्रश्न छ ।

nactional life

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको समाधानको सम्बन्धमा सरोकारवालाहरुसँग छलफल भएको छ ।

बुधबार समितिको सभाकक्षमा भएको बैठकमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका महानिर्देशक, विश्व वन्यजन्तु कोष नेपालका निर्देशक, सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका अध्यक्ष, पूर्व अध्यक्ष भारती कुमारी पाठक र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य, सचिवलाई आमन्त्रनागरी छलफल गरेर बैठक सम्पन्न भएको हो ।

सोही क्रममा विश्व वन्यजन्तु कोष नेपालका निर्देशक डा. घनश्याम गुरुङले क्षतिपूर्ती, राहात र निर्देशिकाको कुरामा जनतासँग नजिक हुने सरकार स्थानीय सरकार भएको भन्दै यसले बढि सरलीकरण गर्नुपर्ने बताए ।

उनले भने, ‘यो क्षतिपूर्ती, राहत र निर्देशिकाको कुरामा बढि सरलीकरणको कुरा र स्थानीय सरकारसँग नजिक भएर गर्नुपर्ने कुरा हुन्छ । किनभने स्थानीय सरकार भनेको जनतासँग नजिक हुने सरकार भएको हुनाले सरलीकरण गर्ने काम स्थानीयले छिटो गर्न सक्छ जस्तो लाग्छ । सबै क्षतिको राहतको कुरामा सरकारले यसलाई न्यूनिकरण गर्दै जानु पर्छ । राहतमा नै १२, १५ करोड दिनुपर्ने अवस्था भयो भने पछि गा¥रो हुन्छ ।’

यसको साथै, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य, सचिव नरेश सुवेदीले वन क्षेत्रलाई आर्थिक गतिविधिसँग जोड्ने कानूनहरु ल्याउनु आवश्यक भएको बताएका छन् ।

वन क्षेत्रको विकासलाई समृद्धिसँग जोड्नको लागि आर्थिक गतिविधिहरु अब कानूनमा फुकाउनु पर्ने भन्दै यसको लागि मापदण्ड बनाएर अगाडि बढ्नुपर्ने उनको भनाई छ ।

उनले भने, ‘हाम्रो वन मन्त्रालयलाई सरकारले १५ अर्ब बजेट दिन्छ । राज्यलाई कति अर्ब तिर्छ भन्दा ३ अर्ब, सधैँ १२ अर्बले वन क्षेत्रलाई कसरी पाल्नेसँग राज्यले भन्ने एकदमै आवश्यक प्रश्न छ । वन क्षेत्रको विकासलाई समृद्धिसँग जोड्नको लागि आर्थिक गतिविधिहरु अब कानूनमा फुकाउनु पर्छ ।

तर यसको लागि मापदण्ड बनाएर जानुपर्छ । २०२९ देखि राज्यले लगानी गरिरहेको छ, लोन ल्याएर संरक्षण हुन्छ । त्यो हुदैँन् त्यही भएर वन क्षेत्रलाई आर्थिक गतिविधिसँग जोड्ने कानूनहरु ल्याउनुपर्छ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

५०० दरका नयाँ नोट आजदेखि चलनचल्तीमा,यस्ता छन् नयाँ नोटका विशेषता

५०० दरका नयाँ नोट आजदेखि चलनचल्तीमा,यस्ता छन् नयाँ नोटका विशेषता

वि.सं.२०८३ असार ३ बुधवार ०९:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ...

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ असार २ मंगलवार ०९:३७

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

वि.सं.२०८३ असार २ मंगलवार ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४...

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

वि.सं.२०८३ असार २ मंगलवार ०८:३३

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...