back

एनआरएनए उच्चस्तरीय समितिद्वारा मुख्य कार्यालय पुगेर समयमै निर्वाचन गर्ने

nactional life

काठमाडौँ । सर्वोच्चको परमादेशले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएका उच्चस्तरीय समितिका संयोजक शेष घलेले आफ्नो काम कारबाहीलाई थप आक्रमक बनाएका छन् । बद्री केसी पक्षले कब्जाको शैलीमा चलाइरहेको एनआरएनएको कार्यालयलाई आफू मातहतमा ल्याएर एकता महाधिवेशनसम्बन्धी सबै कार्य गर्नेगरी घले अघि बढेका हुन् ।

उनले सर्वोच्चको फैसलाअनुसार विधिवत रुपमा आफू मातहत कार्यालय ल्याएर काम गर्न खोजेको समितिका सदस्य विनोद कुवरले बताए । सोहीअनुसार घलेले सोमबार एनआरएनए सचिवालयलाई ताकेता पत्र पठाएका छन । सोमबार उच्च स्तरीय समितिका सदस्य विनोद कुवर,सदस्य जानकी गुरुङ,एनआरएनए अभियन्ताहरु गङ्गाधर गौतम,ठाकुर प्रसाद ढुङ्गाना,चिन्तामनी सापकोटा,भिमसेन थापा,दिपेश खत्रीलगाएतका गैरआवासीय नेपालीहरु एनआरएनए मुख्यालय पुगेर सर्बोच्च अदालत फैसला कार्यान्वयन निकायको पत्र बुझाउदै पत्रकार सम्मेलन गरिएको छ । उनीहरुले उच्चस्तरीय समितीलाई एकता महाधिवेसन सम्पन्न गराउन सहयोग गर्न बिश्वमा रहेका गैर आवासीय नेपालीलाई आग्रह गरे ।

‘परराष्ट्र मन्त्रालयको मिति २०८१।०७।०१ को पत्र एवं सो पत्र बमोजिम गैरआवासीय नेपाली संघको उच्च स्तरीय समितिको पहिलो बैठकको अतिरिक्त सर्वोच्च अदालत, फैसला कार्यान्वयन निर्देशनालयको पत्र यहाँलाई अवगत नै छ’, घलेको तर्फबाट सोमबार बुझाइएको पत्रमा भनिएको छ, ‘सर्वोच्च अदालत, फैसला कार्यान्वयन निर्देशनालयको निर्देशनानुसार तत्कालै गैरआवासीय नेपाली संघको सचिवालयको अतिरिक्त सम्पूर्ण कार्यालय, कर्मचारी, प्रशासन, नगद तथा जिन्सि सामान कागजात दस्तावेजहरु लगायत सम्पूर्ण सामान यस उच्च स्तरीय समितिलाई हस्तान्तरण गरी दिन हुन पुनः निर्देशनानुसार जानकारी गराइन्छ ।’ यदि निर्देशनानुसारको कार्य गर्न गराउन आलटाल भएमा कानूनी कारवाही अगाडी बढाइने समेत सचिवालयका कर्मचारी अनिल ढुंगानाले बुझेको पत्रमा भनिएको छ ।

यसअघि समितिलाई संघको कार्यालय बुझाउन सर्वोच्च अदालतले निर्देशन दिएको थियो । निर्देशनालयले आइतबार संघलाई पत्राचार गर्दै उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रायोजनका लागि सबै कार्यालय, कर्मचारी प्रशासन, नगद तथा जिन्सी सामान, कागजात, दस्ताबेजहरु लगायत सम्पूर्ण सामान हस्तान्तरण गर्न निर्देशन दिएको हो । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक जनक प्रसाद शर्माको हस्ताक्षरमा पठाइएको पत्रमा निर्देशनको ७ दिनभित्र परिपालना गरी निर्देशनालयलाई जानकारी गराउन समेत भनिएको छ ।

निर्देशनको अवज्ञा गरेमा सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको र कार्यपालना समेत नगेको भन्ने व्यहोरासहितको प्रतिवेदन पेस गरिने र अदालतको मानहानी हुने पत्रमा उल्लेख छ । यो सँगै कार्यालयमा अवरोध गर्ने समुहले अदालतको निर्णयको गरेको अपव्याख्या तथा गैर आवासीय नेपालीहरु माझ छरिरहेको भ्रमको अन्त्य भएको छ । अव डा शेष घलेको संयोजकत्वमा रहेको उच्चस्तरिय समितिलाई मे ३ देखि ५ सम्म काठमाण्डौमा आयोजना हुने गैर आवाशिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको अधिवेशन तथा निर्वाचन गर्नको लागि स्पष्ट बाटो खुलेको छ भने उच्चस्तरिय समितिमा रहेर पनि बैठकमा उपस्थित नभई कार्यमा असहयोग गर्दै आएका केही सदस्य र बद्री केसि समुहलाई पनि नैतिक संकट पैदा भएको छ ।

सर्वोच्च अदालतको फैसला तथा फैसला कार्यान्वयन निर्देशनालयको स्पष्ट निर्देशनले गैर आवासीय नेपालीमाझ केहि समुहले चलाएको अभियान विफल भएकोले अव समयमा नै महाधिवेशन सम्पन्न हुने र सवै गैर आवाशिय नेपालीहरुलाई एकताको महाधिवेसनमा भाग लिई नयाँ नेतृत्व छनौट प्रकृयामा सामेल हुन आव्हान गरिने उच्चस्तरिय समितिका सदस्य विनोद कुँवरले बताए । तर, केसीले अझै पनि निहुँ खोज्न भने छाडेका छैनन । उनी पक्षका महासचिव गौरीराज जोशीले सोमबार जारी गरेको विज्ञप्तिमा पत्राचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । तर कानुनविद्हरुले भने घलेले पाएको परमादेश भएकाले बद्री केसीले पाएको दोस्रो फैसलाको औचित्य नभएको तर्क गर्दै आएका छन ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...