प्रभु साहलाई ओलीको जवाफ : के म मेनपावरको मान्छे हुँ ?
नेपालीले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा हुन्डिमार्फत खुलेआम कालोधनसँग मिलन भइराख्दा तपाईं किन मौन बस्नुभयो ?
वि.सं.२०८१ फागुन ४ आइतवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहले उठाएका प्रश्न माथि आपत्ति जनाएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको प्रश्नोत्तरमा सांसद प्रभु साहले संसद जस्तो गरिमामय ठाउँमा युवा विदेश पठाएर तपाइँलाई के लाभभयो ?जस्ता अपमानजनक भाषा प्रयोग गरेको भन्दै के म मेनपावर कम्पनीको मान्छे हुँ भन्दै आक्रोसित भए ।
उनले सांसद शाहले आफ्नो प्रश्नमा नै सबै उत्तर बोकेर आएको भन्दै उत्तर समेत दिएनन् ।
उनले भने,‘उहाँकाप्रश्नहरु,उहाँकामनमा रहेका विरोध, घृणा, आक्रोश र अपमानजनक रहेका छन् ।
संसद जस्तो गरिमामय ठाउँमा यस्तो भाषा किन?, युवाविदेश पठाएर जस्ता भाषा के म मेनपावर कम्पनीको मान्छे हो ?तपाईले भनेको ७० लाख म सरकारमा आइसकेपछि ८ महिनाबाट सुरु भएको हो ?उहाँको प्रश्नमाउत्तर दिनुपर्ने केही छैन् । प्रश्नमा उत्तर बोकेर आउनु भएको छ । यहाँलाई धन्यवाद छ ।
सांसद साहले नेपालीले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा हुन्डि मार्फत खुलेआम कालोधनसँग मिलन भइराख्दा तपाई किन मौन बस्नुभयो ?विदेशमा तीनिहरुले ट्रेड युनियनको हकन पाउने गरी श्रम सम्झौता किन गर्नुभयो ?अहिलेको शताव्दीमा नेपाली नागरिकलाई दासकीयजीवनमा धकेल्दा तपाईहरुले के कति लाभ पाउनु भयो ?जस्ता प्रश्नहरु प्रधानमन्त्रीलाई गरेका थिए ।
‘नेपाली नागरिकता परित्याग गरी विदेश नागरिकता लिनेहरुको संख्या कति छ ?उनीहरुको पैत्रिक सम्पत्ति के कति थियो र अहिले कति छ ?ती अवैध सम्पत्तिलाई राज्यको स्वामित्वमा ल्याउन तपाईले के–के गर्नुभयो ?खुलेआम अवैध सम्पत्तिलाई विदेश लैजाँदा रोक्न नसक्ने सरकारलाई हामीले के भन्ने ?सक्षम कि असक्षम? झण्डै ७० लाखभन्दा नेपाली युवा अहिले वैदेशीक रोजगारीमा छन् ।श्रम सम्झौता अनुसार वर्षमा झण्डै ४० खर्ब रेमिट्यान्स नेपाल आउनुपर्ने हो तर अहिलेको रिपोर्ट बुझ्दा यो वर्ष १३ देखि १४ खर्ब मात्रआउने सम्भावना छ । मेरो प्रश्नछ ।नेपालीले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा हुन्डिमार्फत खुलेआम कालोधनसँग मिलन भइराख्दा तपाईं किन मौन बस्नुभयो । संख्याको अनुपातमाती रेमिटेन्स सबै किन नेपाल आएन? विदेशमा तीनिहरुले ट्रेड युनियनको हकनपाउनेगरी श्रम सम्झौता गर्नुभयो ? अहिलको शताव्दीमा नेपालीनागरिकलाई दासकीयजीवनमा धकेल्दातपाईहरुले के कति लाभ पाउनुभयो ?’उनको प्रश्न छ
प्रकाशित समय : १६:४७ बजे






















