back
nactional

पौडेलको संयोजकत्वमा बेलुन विस्फोटबारे छानबिन गर्न समिति गठन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छानविन गर्न आठ सदस्यीय छानविन समिति गठन गरेका छन् । आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी(सिडिओ) भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन भएको हो ।

समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य सचिव रहेका छन् । साथै समितिमा एक जना विष्फोटक पदार्थ विज्ञ समेत हुनेछन् ।

समितिले आइतबारदेखि नै बेलुन विस्फोट घटनाको के कसरी भयो ? त्यसको विस्तृत छानविन र आगामी दिनमा यसप्रकारका कार्यक्रम गर्दा पूर्वसर्तकता र अवलम्वन गर्नुपर्ने उपायसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको गृह मन्त्रालयले जनाएको छ । शनिबार भएको सो घटनामा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घाइते भएका थिए । शनिबार बेलुकी नै गृहमन्त्री लेखक जलनपछि कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अवस्था बुझ्न अस्पताल पुगेका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

वि.सं.२०८३ भदौ १ सोमवार ०८:०४

काठमाडौँ। सरकारले आफ्ना व्यवसायीक मागप्रति उदासीनता देखाएको आरोप लगाउँदै नेपाल...

आज नाग पञ्चमी पर्व मनाइँदै

आज नाग पञ्चमी पर्व मनाइँदै

वि.सं.२०८३ भदौ १ सोमवार ०७:२०

काठमाडौं । नागपञ्चमी पर्व आज नागको पूजाअर्चना गरी मनाइँदै छ...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५८

काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको...

राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी 

राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी 

वि.सं.२०८३ साउन ३१ आइतवार २०:३१

काठमाडौं । देशभर प्रविधि शिक्षा र डिजिटल साक्षरता अभिवृद्धि गर्ने...

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

वि.सं.२०८३ साउन २८ बिहीवार १८:०६

जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद...

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...