back

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रण विधेयक सरकारको आलोचक दमन गर्ने हतियारको रुपमा ल्याइएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बसेको बैठकमा शून्य समयमा बोल्दै उनले कानुन सबैका लागि हो भने सत्ताबाट झुट बोल्नेहरू पहिलो कारबाहीको सूचीमा पर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘के हामीसँग यति धेरै जेल छन् ? जहाँ सामाजिक सञ्जाल नियन्त्रण विधेयकपछिका कसुरदारहरू राख्न सकियोस् ? सरकार खुद्रे कुरामा लाखौँ करोडौँ जरिबानाको मेन्यु ल्याउँदैछ । नागरिकलाई तपाईं बोल्दै हुनुहुन्छ भनेर धम्क्याइरहेको छ । तर झुटो आश्वासन दिने भ्रम फैलाउने असम्भव बाचा गर्नेहरूचाहिँ उन्मुक्त ? के यो विधेयक साँच्चै न्यायका लागि हो कि सरकारको आलोचक दमन गर्ने हतियार? कानुन सबैका लागि हो भने शक्ति र सत्ताबाट झुट बोल्नेहरू पहिलो कारबाहीको सूचीमा पर्नुपर्छ।’

त्यस्तै उनले विधेयक मार्फत सरकारले प्राप्त अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोस्न खोजेको पनि धारणा राखे । उनले भने,‘गंगालाल, धर्मभक्तले लडेर अभिव्यक्ति स्वतन्त्रताको अधिकार अहिले कुन बयलगाडाको चक्का खुस्किएर अड्किएको हो मैले बुझ्न सकेको छैन । सरकार त्यो बयलगाडाको चक्का लुकाउन खोजिँदैछ ?’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०९

काठमाडौँ । अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा...

दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै

दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०५

काठमाडौं । पछिल्लो करीब दुई सातामा ३० हजार मेट्रिक टन...

परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

वि.सं.२०८३ साउन १८ सोमवार १४:५८

काठमाडौं ।  तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल...

युवालाई सीपयुक्त बनाएर रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाएर रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

वि.सं.२०८३ साउन १८ सोमवार १४:५५

काठमाडौं । युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

वि.सं.२०८३ साउन १८ सोमवार १४:५२

रामेछाप । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख...

सिन्धुलीको नवलपुरघाटमा दुर्घटना : सुनकोशीमा खसेको कारका सवारको पहिचान खुल्यो

सिन्धुलीको नवलपुरघाटमा दुर्घटना : सुनकोशीमा खसेको कारका सवारको पहिचान खुल्यो

वि.सं.२०८३ साउन १८ सोमवार १४:५०

रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज...