साताको दोस्रो कारोबार दिन ६.७८ अंकले बढ्यो शेयर बजार, कारोबार रकम साढे ६ अर्ब बढी
वि.सं.२०८१ माघ ७ सोमवार
काठमाडौं । साताको दोस्रो कारोबार दिन शेयर बजार सामान्य अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
सोमबार ३११ कम्पनीको १ करोड ३६ लाख ७७ हजार ९ सय ८३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बैंक समूहको ०.२० प्रतिशत, विकास बैंकको ०.६० प्रतिशत, फाइनान्स समूहको २.५३ प्रतिशत, हाइड्रोपावर समूहको ०.०२ प्रतिशत र माक्रोफाइनान्स समूहको ०.०४ प्रतिशतले घटेको छ ।
आज ११८ कम्पनीको शेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ ।
प्रकाशित समय : १५:२० बजे






















