back

कजारिया रमेश टायल्स लिमिटेडद्वारा पार्टनर्स मिट आयोजना

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौं म्यारियट होटलमा आफ्नो डिलर्स मीट आयोजना गरेर महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

कार्यक्रमको प्रमुख आकर्षण कजारिया रमेश टायल्स लिमिटेडको नयाँ अन्तर्राष्ट्रिय गुणस्तरको ३० ६० सिएम सिरेमिक वाल टायलको भव्य सार्वजनिक प्रदर्शन थियो ।

आधुनिक प्रविधिले बनेको यस टायलले उत्कृष्ट डिजाइन र मजबुतिको उदाहरण प्रस्तुत गरेको छ। नेपालमा पहिलो पटक यसलाई प्रस्तुत गर्दै, कजारिया रमेश टायल्स लिमिटेडले बजारमा ५० भन्दा बढी विशेष र स्टाइलिश डिजाइनहरू ल्याउँदै छ।

कजारिया रमेश टायल्स लिमिटेडले डिलरहरूका लागि अर्डर बुकिङ्ग योजना सुरू गरेको छ, जसमा अर्डर गर्ने डिलरहरूलाई सुन र चाँदीका पुरस्कार दिइनेछ ।

कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो विदेश यात्रा योजनाका विजेता पनि घोषणा गरेको छ, जसमा उत्कृष्ट प्रदर्शन र योगदान देखाएका २५ जना डिलरलाई जापानको, १३ जना डिलरलाई थाइल्याण्डको र ६ जना डिलरलाई सिंगापुरको लागि टिकट वितरण गरिएको छ ।

यस कार्यक्रमले कजारिया रमेश टायल्स लिमिटेडका लागि डिलर नेटवर्कलाई अझ मजबुत बनाउन र नेपालमा गुणस्तरीय उत्पादन ल्याउने प्रतिबद्धतालाई बलियो बनाउने नयाँ अध्यायको सुरुवात गरेको छ।

कजारिया रमेश टायल्स लिमिटेड, रमेश कर्प र कजारिया सिरेमिक्सको संयुक्त उपक्रमले, नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल फ्याक्ट्री निर्माण गर्दैछ जसमा ४०० करोडको लगानी गरिएको छ ।

यो फ्याक्ट्रीमा स्थानीय सामग्रीहरुको प्रयोग गरी वार्षिक ८० लाख वर्ग मिटर टायल उत्पादन गरिनेछ । यसले नेपाललाई टायल्समा आत्मनिर्भर बनाउने, अर्थतन्त्रलाई विकास गर्ने, हजारौं रोजगारको अवसर सिर्जना गर्ने र विश्वस्तरीय टायल्स उपलब्ध गराउने लक्ष्य राखेको छ।

कार्यक्रममा कजारिया सिरेमिक्स लिमिटेड इंडियाका संयुक्त प्रबन्ध निर्देशक चेतन कजारिया र ऋषि कजारियाले सम्बोधन गरी कार्यक्रममा डिलरहरूसँग सक्रिय रुपमा सम्वाद गरे । साथै डिलरहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउन भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने योजना रहेको उनीहरुले बताए ।

कार्यक्रममा नेपालभरिबाट एक सय भन्दा बढी डिलरहरूको सहभागिता रहेको थियो ।

nactional life
Corporatebazar 11 Anniversary

८०० रुपैयाँले घट्यो सुनको मूल्य

८०० रुपैयाँले घट्यो सुनको मूल्य

वि.सं.२०८३ वैशाख ९ बुधवार ११:१७

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले घटेको छ...

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:५०

काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले महानगरपालिका र...

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८३ वैशाख ९ बुधवार ०८:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर...

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:२२

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:१८

काठमाडौं । नेपाली बजारमा सुनको बढेको छ भने चाँदीको मूल्य...

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर...