back

ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा

nactional life

काठमाडौं । ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा आएको छ ।

बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले पुल्चोकस्थित ललितपुर महानगरपालिका अगाडिको सडक छेउमा रहेको ‘स्विच अन’ गरेर आज यो प्रविधिको शुभारम्भ गरेको हो ।

ललितपुर महानगरपालिकाको लागतमा सवारीसाधन व्यवस्थापनका लागि सडकमा इन्टेलिजेन्स ट्राफिक लाइट शुभारम्भ गरिएको हो । त्यस अवसरमा मन्त्री महर्जनले ललितपुरमा ट्राफिक व्यवस्थापनका लागि राम्रो प्रयासको सुरुआत भएकामा प्रशंसा गरे । “महानगरका सबै प्रमुख सडक क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि यो प्रणाली प्रभावकारी हुनेछ, देशभर दर्ता भई सञ्चालनमा रहेकामध्ये ६० प्रतिशत सवारीसाधन बागमती प्रदेशमा छन्, यसलाई व्यवस्थापन गर्नु ज्यादै चुनौतीपूर्ण छ । विज्ञान र प्रविधिमा आधारित गरेर ‘स्मार्ट ट्राफिक’ व्यवस्थापनका लागि भएको यो काम महत्वपूर्ण छ”, उनले भने ।

ललितपुर प्रतिनिधि क्षेत्र नं २ का सांसद प्रेमबहादुर महर्जनले नयाँ प्रविधियुक्त प्रणालीले ट्राफिक व्यवस्थापन प्रणालीले यातायात सञ्चालनमा सहजता र यात्रुलाई समय व्यवस्थापनमा प्रभावकारी हुने बताए ।

ललितपुर क्षेत्र नं २ ‘ख’ प्रदेशबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले जनतासँग जोडिएको महत्वपूर्ण समस्या समाधानका लागि ललितपुर महानगरले सराहनीय काम गरेको बताए । “लोकतन्त्र र गणतन्त्रमा जनतालाई अनुभूति गर्नेगरी सेवा दिने काम महत्वपूर्ण हो, ट्राफिक व्यवस्थापन, वायु प्रदूषण र फोहोरमैला व्यवस्थापन उपत्यकाको प्रमुख समस्या हो, यसका लागि ललितपुर महानगरले गरेको प्रयास सराहनीय छ”, उनले भने ।

महानगर प्रमुख चिरिबाबु महर्जनले महानगरबाट अध्ययन गरेर ट्राफिक व्यवस्थापनका लागि लाइट जडान गरिएको र यो नेपालमै पहिलोपटक भएको बताए । “हाम्रो उद्देश्य काठमाडौँतर्फको ट्राफिक समस्या पार गरेर थापाथली पुल हुँदै ललितपुरतर्फ आएकालाई केही समय पनि रोक्न नपरोस् र ट्राफिक लाइटले सहजता प्रदान गरोस् भन्ने हो”, उनले भने,“यो लाइट स्वचालित भएकाले अन्य परम्परागत ट्राफिक लाइटभन्दा फरक र सहज पनि रहेको छ । सँगै राखिएको ‘भेहिकल डिटेक्टर’ले सवारीसाधनको नम्बर तथा विवरण ‘रिड’ गर्छ । प्रणालीले नै कुन दिशातर्फ कति समय चाहिने हो आफैँ निर्धारण गर्छ । हाल यसको ‘मनिटरिङ’ प्रणाली ट्राफिक कार्यालयमा राखिएको छ ।”

महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले धेरै विद्यामा ललितपुर महानगरपालिकाले नयाँ कामको सुरुआत गरेको बताए । उनले भने, “एक सय छ औँ स्थापना दिवसको सन्दर्भमा हामीले यो प्रविधिको प्रयोग सुरु गरेका छौँ, हामीले गरिरहेका काममा बौद्धिक जगत्ले पनि सहयोग र समन्वय गरेर हौसला प्रदान गरिरहेको छ । उपत्यकाले झेलिरहेको ट्राफिक समस्या व्यवस्थापनका लागि ललितपुर महानगरले यो नयाँ र नौलो प्रयास गरेको छ ।”

लाइटसँगै राखिएको ‘भेहिकल डिटेक्टर मेसिन’ले सडकमा सवारीसाधनको सङ्ख्या तत्काल ‘रिड’ गरेर तत्कालै ‘ट्राफिक लाइटको चिप तथा सर्भर’लाई जानकारी गराउँछ । सोही आधारमा व्यवस्थापन प्रणालीले जता धेरै सवारीसाधन छन् त्यतातिर हरियो बत्ती बाल्छ । काठमाडौँतर्फका ट्राफिक लाइटमा यात्रुले धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा धेरैमा ३० देखि ५० सेकेन्ड मात्रै पर्खे पुग्ने अवस्था बनाइएको महानगरले जनाएको छ ।

लाइट जडान गरेको नमूना पावर ग्रेड जेभीले सुरुमा एक सय १७ स्थानमा सम्भाव्यता अध्ययन गरे पनि अति आवश्यक पर्ने पाँच स्थानमा यो प्रविधि जडान गरिएको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

वि.सं.२०८३ असार १ सोमवार १२:४९

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सवारीसाधन जथाभावी पार्किङ...

इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो 

इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो 

वि.सं.२०८३ असार १ सोमवार १२:४१

इलाम । इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो...

काठमाडौँ महानगरमा भाडामा लगाएको घर अब अनिवार्य दर्ता गर्नुपर्ने (पूर्णपाठ)

काठमाडौँ महानगरमा भाडामा लगाएको घर अब अनिवार्य दर्ता गर्नुपर्ने (पूर्णपाठ)

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:१७

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी आर्थिक...

काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर : पर्यटन प्रवद्र्धनमा नयाँ नीति र कार्यक्रम

काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर : पर्यटन प्रवद्र्धनमा नयाँ नीति र कार्यक्रम

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति...

जमलमा फुटपाथ क्षति पु¥याएको आरोपमा कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना

जमलमा फुटपाथ क्षति पु¥याएको आरोपमा कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२५

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले वडा न.१ जमल क्षेत्रमा...

काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता 

काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता 

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०९

काठमाडौं । नेपाल पुलिस क्लव, काठमाडौं मेयर कप स्वीमिङ च्याम्पियनसिपको...