सुन चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
वि.सं.२०८१ मंसिर ९ आइतवार
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ हजार ७०० रुपैयाँले बढेर १ लाख ६७ हजार २०० रुपैयाँमा किनबेच भएको हो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित समय : ११:०६ बजे




















