back
himalayan life

अब नेपाल घुम्न आउने पर्यटकले नगद बोक्नु नपर्ने, अलिपेबाट क्यूआर स्क्यान गर्न मिल्ने

काठमाडौं । चीन लगायत देशबाट नेपाल घुम्न आउने पर्यटकले नेपाल पेको क्यूआरमा स्क्यान गरी भुक्तानी गर्न मिल्ने भएको छ । एभरेस्ट बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अलिपेको नेटवर्कमा रहेका सदस्य वालेटमार्फत नेपालपे मर्चेन्टका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्न मिल्ने सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका इन्टरअपरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपेको नेटवर्कमार्फत भुक्तानी गर्न सकिने छ ।

चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशबाट नेपाल आएका पर्यटकले आफ्नो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका इन्टरअपरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

अलिपेको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढी इसुइङ्ग उपकरण, ३०० भन्दा बढी एक्वाइरिङ नेटवर्क र ९ करोड भन्दा बढी ग्लोबल मर्चेन्ट आबद्ध छन् । अलिपेको नेटवर्कमा अलिपे चाइना, ओसीबीसी, चाङची पे, जीक्यास, अलिपे एचके, हाइपे, काकाओपे, टसपे, नाभेरपे, टीएनजीडी, पीबीबी, ट्रुमनी, एमपे, टिनाबामार्फत अन्तरदेशीयभुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

एनसीएचएलले अलिपेसँग इन्टरनेसनल पेमेन्ट पार्टनरका रुपमा आबद्ध भई दुई नेटवर्कबीच भुक्तानी सुरु गर्नका निम्ती आवश्यक व्यवस्था मिलाइसकेको छ । यस पहल अनुरुप अब एभरेष्ट बैंकसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ति सम्झौता भएको हो ।

नेसनल पेमेन्ट स्विच अन्तर्गतको नेपाल क्यूआर मापदण्ड कार्यान्वयन गर्न, नेपाल पे क्यूआर एक स्वतन्त्र क्युआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वधार हो । हाल नेपालपे क्यूआरको नेटवर्क मा ८ लाख ५० हजार भन्दा बढी अन्टरअपरेबल समेतका मर्चेन्टहरु आबद्ध छन् ।

एभरेष्ट बैंकले आफ्ना ३९ हजार १६७ डेलिभरी च्यानलहरु, नेपालमा रहेका १० हजार ९८ शाखा, नेपालबाहिर रहेका २ वटा शाखा, १३,३५० एटीएम तथा १५ हजार ७१९ बिजनेस करेस्पोन्डेन्टहरु मार्फत आफ्ना १४ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाल पेस क्यूआरमा २३ हजार भन्दा बढी मर्चेन्टहरु आबद्ध गरिसकेको छ ।

यसअघि भारतीय पर्यटकले नेपाल भ्रमणमा आउँदा नगद बोक्नुपर्ने बाध्यता हटिसकेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

वि.सं.२०८३ असार १७ बुधवार ११:०१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भर्खरै सम्पन्न आफ्नो पहिलो...

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

वि.सं.२०८३ असार १७ बुधवार १०:५८

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार १७ बुधवार १०:४७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

अल्टिमा लाइफस्टाइलको फ्रेन्चाइज शोरुम अब जनकपुरधाममा

अल्टिमा लाइफस्टाइलको फ्रेन्चाइज शोरुम अब जनकपुरधाममा

वि.सं.२०८३ असार १७ बुधवार १०:४२

काठमाडौं । नेपालमै लोकप्रिय अडियो तथा मोबाइल एक्सेसरिज ब्रान्ड अल्टिमा...

पेट्रोल र डिजेलको घट्यो मूल्य

पेट्रोल र डिजेलको घट्यो मूल्य

वि.सं.२०८३ असार १७ बुधवार १०:३८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १७ बुधवार १०:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको...