back

नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक, सरकारले टिकटकबाट पनि राजस्व उठाउने

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको जानकारी दिए। ‘टिकटकले प्रक्रिया पुर्‍याएर आएसँगै आधिकारिक दर्ता भइसकेको छ। तिहारअघि नै दर्ता प्रक्रिया सम्पन्न गरियो,’ उनले भने। टिकटक सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिका बमोजिम दर्ता भएको मन्त्रालयका प्रवक्ता ठाकुरले बताए।

‘हामीले राखेका सवै सर्तहरू र निर्देशिकाले व्यवस्था गरेका विषयहरूमा सहमत भएको भनेर टिकटकले पत्राचार गरेको थियो। सोहीबमोजिम दर्ता प्रक्रिया पूरा गरी दर्ता भएको छ,’ उनले भने।टिकटकले कागजात उपलब्ध गराउन कात्तिक तेस्रो सातासम्मको समय मागे पनि कात्तिकको सुरूमै कागजात उपलब्ध गराएको थियो। दुई सय पृष्ठको कागजात अध्ययन गरिसकेपछि दर्ता गरिएको हो। टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीहरूमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका सर्तहरू पनि पूरा गर्ने जनाएको छ।

वर्तमान सरकार गठन भएपछि गत भदौ ६ गते मात्रै टिकटक प्रतिबन्ध फुकुवा भएको थियो। यससँगै आधिकारिक दर्ता गरेर सञ्चालन गर्नको लागि टिकटकले समय माग गरेको थियो।

आधिकारिक रूपमा दर्ता भएसँगै सरकारले टिकटकबाट पनि राजस्व उठाउने बाटो खुलेको र नियमन पनि सहज रूपमा गर्न सक्ने मन्त्रालयका प्रवक्ता ठाकुरले बताए। ‘टिकटकमा आपत्तिजनक कन्टेन्ट आएको छ भने त्यसलाई हामीले नै पत्राचार गरेर हटाउन भन्न सक्छौं,’ उनले भने। टिकटकको सिंगापुरस्थितको कार्यालयले नेपाल हेर्ने भएको छ । ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा 

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा 

वि.सं.२०८३ साउन १७ आइतवार ११:५४

काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक भएपछि...

अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

वि.सं.२०८३ साउन १७ आइतवार ०८:३१

काठमाडौं । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक (बी–२)...

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार २०:०१

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’ को पहिलो टाइटल...

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:५५

सिरहा । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु...

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४६

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा श्रावण १० गते भएको...

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

वि.सं.२०८३ साउन १४ बिहीवार २०:५३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा...