back

नेपाल एसबिआई बैंकको नाफा बढ्यो

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ८१ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.०१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य घटेपनि खराब कर्जा घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ०.३६ प्रतिशत घटेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ०.४७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७८.२६ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा २.३५ प्रतिशतबाट घटेर १.८४ प्रतिशतमा झरेको छ। जसका कारण बैंकको खुद नाफा बढ्न टेवा पुगेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १२ रुपैयाँ ७८ पैसा बढेर ३१ रुपैयाँ ३ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ४६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.११ गुणा रहेको छ।

असोज मसान्तसम्ममा १ अर्ब ८६ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ३६ पैसा रहेको छ।

१० अर्ब ५० करोड १ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ९.०८ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ३.२९ प्रतिशत र कर्जा तथा सापटी १.६४ प्रतिशत बढेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वाणिज्य बैंकतर्फ नबिल र विकास बैंकतर्फ रेसुङ्गाले जित्यो अवार्ड

वाणिज्य बैंकतर्फ नबिल र विकास बैंकतर्फ रेसुङ्गाले जित्यो अवार्ड

वि.सं.२०८३ साउन १९ मंगलवार १८:२५

काठमाडौँ । चौँथो आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट नेपालको वाणिज्य...

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

वि.सं.२०८३ साउन १९ मंगलवार १३:२४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको...

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८३ साउन १९ मंगलवार १२:१६

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा उछाल: झण्डै ३ अर्ब उठायो ब्याज, ईपीएस कति ?

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा उछाल: झण्डै ३ अर्ब उठायो ब्याज, ईपीएस कति ?

वि.सं.२०८३ साउन १९ मंगलवार १२:११

काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा शाइन रेसुङ्गा डेभलपमेन्ट...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

वि.सं.२०८३ साउन १९ मंगलवार १२:०९

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

कर्मचारी सरुवा र धितो लिलामी नियमित प्रक्रिया हो, भ्रामक प्रचार नगरियोस्: प्रभु बैंक

कर्मचारी सरुवा र धितो लिलामी नियमित प्रक्रिया हो, भ्रामक प्रचार नगरियोस्: प्रभु बैंक

वि.सं.२०८३ साउन १९ मंगलवार १२:०४

काठमाडौं । प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक, यसको सञ्चालक,...