back

प्राइम कमर्सियल बैंकको नाफा बढ्यो

nactional life

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.७५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.६७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ७.८७ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १८.७४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ११.१५ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ७९ पैसा बढेर २६ रुपैयाँ ५३ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.२० गुणा रहेको छ।असोज मसान्तसम्ममा २ अर्ब ७३ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा रहेको छ।

१९ अर्ब ४० करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ११.२८ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ५.०० प्रतिशत र कर्जा तथा सापटी ३.९२ प्रतिशत बढेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

वि.सं.२०८३ असार ३ बुधवार १२:२२

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रकै नेतृत्वदायी भूमिकामा रहेको नेपाल...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

वि.सं.२०८३ असार २ मंगलवार १८:५७

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:२६

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले असार महिनाका लागि...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१७

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट...

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...