back

सचेतना : घरै बसीबसी पैसा कमाउन सकिने भन्दै अनलाइन र सामाजिक सञ्जालबाट ठगिदै

ठगीबाट कसरी जोगिने ?

nactional life

काठमाडौं । पछिल्लो समय नेपालमा अनलाइन जागिर वा अनलाइन व्यापारमा लगानी गर्ने बहानामा ठगी गर्ने क्रम बढेको छ । “घरै बसीबसी पैसा कमाउन सकिने लगानी गरौँ वा जागिर खाऔँ भनेर ठगी हुने क्रम बढी देखिएको हो।”

“त्यस्तो प्रलोभनमा सामान्य मानिसहरूदेखि पढेलेखेका र उच्च शिक्षा हासिल गरेकाहरू पनि छन्।”गत आर्थिक वर्षमा मात्र साइबर ब्यूरोमा कुल २२ करोड रुपैयाँ बराबरको अनलाइन ठगीसम्बन्धी उजुरी परेको थियो ।”त्यसमध्ये सबैभन्दा धेरै अनलाइनबाट लगानी वा अनलाइन जागिरसँग सम्बन्धित छन्। त्यस्ता कुल ५०८ वटा उजुरी परेका थिए।”

“त्यस्तो गतिविधिबाट १४ करोड ७५ लाख रुपैयाँभन्दा बढी रकम ठगिएको उजुरी परेका छन्।”

ब्यूरोका अनुसार दोस्रो नम्बरमा अनलाइन शपिङका बहानामा हुने ठगी देखिएको छ।

गत आर्थिक वर्षमा अनलाइन सपिङसँग सम्बन्धित कुल ४१२ वटा उजुरी परेका थिए भने त्यस्ता गतिविधिबाट करिब ९० लाख रुपैयाँ ठगीएको थियो।

त्यस्तै व्यक्तिगत समाजिक सञ्जाल खाताहरू ह्याक गरेर ठगी गरिएको विषयमा ब्यूरोमा गत वर्ष कुल १२६ वटा उजुरी परेका छन्। त्यस्तो कार्यबाट २ करोड १३ लाख रुपैयाँभन्दा बढी ठगी भएको छ।

सामाजिक सञ्जालका माध्यमबाट चिट्ठा परेको वा गिफ्ट पठाइदिएको भनेर ठगी भएको भन्दै ९५ वटा उजुरी परेका छन्।त्यस्ता कार्यबाट करिब १ करोड ५६ लाख रुपैयाँभन्दा बढी रकम ठगिएको उजुरी परेको छ ।

ठगी गर्नेलाई कस्तो कारबाही हुन्छ ?
अनलाइनका माध्यमबाट हुने ठगीलाई प्रहरीले विद्युतीय माध्यमबाट भएको ठगीका रूपमा व्याख्या गरेर मुलुकी अपराध संहिता अनुसार कानुनी कारबाही अघि बढाउने गरेको छ।

अपराध संहिताको दफा २४९ मा “कसैले ठगी गर्न वा गराउन हुँदैन” भनिएको छ।

उक्त दफा अनुसार “कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सो बमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानि नोक्सानी वा क्षति पुऱ्याएमा वा आफ्नो वा अरु कसैको लागि कुनै लाभ प्राप्त गरेमा” त्यसलाई ठगी गरेको मानिन्छ।

उक्त कानुनमा ठगीबाट पीडित व्यक्तिले ठगी गर्ने व्यक्तिबाट कुनै लिखत गराएको रहेछ भने त्यस विषयमा लिखत बमोजिम हुने व्यवस्था छ।

लिखत नगराएका हकमा भने “भ्रष्टाचार हुनेबाहेक नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा भएको कुनै संस्थालाई ठगी गरेमा दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना”को व्यवस्था त्यसमा गरिएको छ।

उक्त कानुनमा भनिएको छ, “आफ्नो नाम, दर्जा, पदवी, योग्यता ढाँटी ठगी गरेमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना तथा अन्य कुनै किसिमले ठगी गरेमा सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिबाना एवं बालबालिका, होस ठेगानमा नरहेको व्यक्ति, असहाय, असहाय, निरक्षर वा पचहत्तर वर्ष माथिको व्यक्तिलाई ठगी गरेकोमा थप एक वर्षसम्म कैद सजाय हुनेछ।”

उपभोक्ता संरक्षण ऐन, २०७५ मा पनि “अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्न नहुने” व्यवस्था गरिएको छ।

अनलाइनका माध्यमबाट हुने ठगीलाई पनि वाणिज्य विभागले सोही व्यवस्था अनुसार कारबाही अघि बढाउने गरेको अधिकारीहरू बताउँछन्। त्यस्तो कार्य गर्नेलाई जरिबानाको व्यवस्था उक्त ऐनमा गरिएको छ।

कसरी जोगिने ?
अनलाइनबाट हुने ठगी रोक्नका लागि सबैभन्दा पहिले आम प्रयोगकर्ता र उपभोक्ता नै सचेत हुनुपर्छ।  “कहिल्यै र कहीँ पनि सजिलै पैसा कमाइ हुँदैन त्यसैले कसैले घरै बसेर लाखौँ कमाइ हुन्छ भन्दा पत्याउनु हुँदैन।”

त्यस्तै “कसैले कुनै सामान पठाउँछु भनेर ठगी गर्न सक्ने भएकाले सामान नपाइकन भुक्तानी गर्नुहुदैन” । “कसैले सस्तोमा वा राम्रो सामान दिन्छ भन्दैमा रकम भुक्तानी गर्नु भन्दा सामान पाएपछि त्यसको जाँच गरेर मात्र रकम भुक्तानी गर्ने गर्दा ठगीनबाट बच्न सकिन्छ।”

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार ३ बुधवार ०९:१७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार ३ बुधवार ०९:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको...

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

वि.सं.२०८३ असार २ मंगलवार १९:१३

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको...

सुनको मूल्य सामान्य बढ्यो 

सुनको मूल्य सामान्य बढ्यो 

वि.सं.२०८३ असार २ मंगलवार १२:०८

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य सामान्य बढेको...

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

वि.सं.२०८३ असार २ मंगलवार १०:५८

सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार २ मंगलवार ०८:४१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...