सुनको मूल्यमा नयाँ रेकर्ड कायम, हाल सम्मकै उच्च
वि.सं.२०८१ कात्तिक १ बिहीवार
काठमाडौं । आज कात्तिक १ गते बिहीबार सुनको भाउले नयाँ रेकर्ड कायाम गरेको छ । उक्त दिन सुनको भाउ ६०० रुपैंयाले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६२ हजार ४०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य स्थिर रहेको छ । उक्त दिन चाँदी प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित समय : १०:४३ बजे





















