back

विद्युतीय कारोबारमा हुने ठगीबाट कसरी जोगिने ?

यस्ता छन् ७ टिप्स

काठमाडौं । विद्युतीय माध्यमबाट ठगीका घटना बढेको भन्दै सचेत रहन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । विद्युतीय कारोबारमा आकर्षण बढेसँगै ठगीका घटनाहरु पनि केही बढेको राष्ट्र बैंकले बताएको छ ।

ग्राहकहरुालई आपराधिक समूहले ठगी गरेको धेरै उजुरी परेको भन्दै अपरचित व्यक्तिहरुबाट सजग रहन राष्ट्र बैंकले आग्रह गरेको छ । सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भन्दै इन्टरनेट तथा मोवाइल बैंकिङको युजर नेम तथा पासवर्ड माग्ने, चिठ्ठा परेको भन्दै रकम माग्ने गरेर ठगी भइरहेको राष्ट्र बैंकले बताएको छ ।

१. सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भन्दै इन्टरनेट अथवा मोवाइल बैंकिङको युजरनेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिठ्ठा परेकोभनी लोभ देखाई उक्त चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्ने लगायतका ठगी भइरहेको जानकारीमा आएकोले विद्युतीय कारोबार गर्दा यसप्रकारको ठगीबाट बच्न विशेष ध्यान दिनुजरुरी देखिन्छ ।

२. अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटिपी वा अन्य कुनै पनि संवेदनशील जानकारी दिनुहुँदैन । मोबाइल तथा अन्य डिभाइस एवम् एपका पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नुपर्दछ । यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्नुपर्दछ ।

३. सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको ब्यहोरा अन्य माध्यमबाट यकीन गरेर मात्र रकम पठाउनु पर्दछ ।

४. अनावश्यक तथा अनधिकृत एप आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड गर्नु हुँदैन । यसरी अनधिकृत ब्एए डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्छन् ।

५. कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड अथवा क्यूआर कोड पठाएको अथवा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शङ्कास्पद रुपमा लिनुपर्दछ । रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्यूआर कोड अथवा पासवर्ड पठाउन आवश्यक छैन ।

६. कुनै पनि वेबसाइट मार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट हो/होइन यकीन गरेर मात्र कारोबार गर्नुपर्दछ । कुनै पनि वेबसाइटको ठेगाना ‘https://’ बाट सुरु भएको छ भने सुरक्षित, भरपर्दो वा विश्वसनीय छ भन्ने बुझिने भएकोले वेबसाइटको ठेगाना ‘https://’ बाट सुरु भए नभएको यकीन गर्नुपर्दछ ।

७. विद्युतीय कारोबार गर्दा आफू ठगिएको शङ्का लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैंक तथा वित्तीय संस्था एवम् नेपाल राष्ट्र बैंकको गुनसो सुनुवाइसम्बन्धी पोर्टल https://gunaso.nrb.org.np मा गुनासो वा उजुरी दर्ता गर्न सकिनेछ ।

nactional life
Corporatebazar 11 Anniversary

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा : ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा : ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

वि.सं.२०८३ वैशाख २० आइतवार ११:२४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभा...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

सानादेखि ठूला व्यवसायीको भावना समेट्ने ज्योत्सना श्रेष्ठको दाबी,प्यानलबाट १९ जना मैदानमा

सानादेखि ठूला व्यवसायीको भावना समेट्ने ज्योत्सना श्रेष्ठको दाबी,प्यानलबाट १९ जना मैदानमा

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:३१

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका...

महासंघ निर्वाचन: वित्तीय क्षेत्रको मुद्दा बोकेर मैदानमा उत्रिए राजकुमार तिमिल्सिना

महासंघ निर्वाचन: वित्तीय क्षेत्रको मुद्दा बोकेर मैदानमा उत्रिए राजकुमार तिमिल्सिना

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:१६

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनको...

भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले

भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ वैशाख १९ शनिवार १८:३५

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक सूचकाङ्क...

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १९:०८

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट परम्परागत वितरणमुखी बाटोभन्दा फरक,...