back
himalayan life

तनहुँको कुलुङखोलामा ७ करोड खर्चेर पक्की पुल बन्दै

दमौली । सडक निर्माण भएको २५ वर्षपछि भिमाद नगरपालिका–१ भएर बग्ने कुलुङखोलामा पक्की पुल निर्माण सुरु भएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा पुल निर्माण प्रारम्भ भएको हो । गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले उक्त पुलको बिहीबार शिलान्यास गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सात करोड ७३ लाख ६४ हजार तीन सय ८२ को लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

पुलका लागि चालु आर्थिक वर्षमा दुई करोड १६ लाख ५६ हजार विनियोजन भएको छ । उक्त मन्त्रालयका अनुसार ७४.२० मिटर लामो आगामी २०८३ असार ९ गते सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ ।

यसैबीच, व्यास नगरपालिका–३ मा सात वर्षदेखि अलपत्र तत्कालीन महिला विकास तथा बालबालिका कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले भवन बनाउन ६५ लाख विनियोजन गरेको सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले जानकारी दिए ।

सङ्घीय सरकार मन्त्रिपरिषद् बैठकले उक्त भवन गण्डकी प्रदेशलाई हस्तान्तरण गरेको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबीच भएको सम्झौताबमोजिम उक्त भवनको हकभोग अधिकार प्रदेश सरकारमा आएको थियो । प्रदेश सरकारले सामाजिक विकास कार्यालयको भवन नभएकाले सो भवन उक्त कार्यालयलाई हस्तान्तर गरिने छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

वि.सं.२०८३ असार ५ शुक्रवार १६:१०

काठमाडौं । सीताराम गोकुल मिल्कले उद्योग स्थापनाको ३२औँ वर्ष प्रवेशको...

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१४

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ...

काठमाडौं महानगरको २५ अर्ब ८८ करोड रुपैयाँको बजेट प्रस्ताव, पूर्वाधार र सम्पदा संरक्षणमा उच्च प्राथमिकता

काठमाडौं महानगरको २५ अर्ब ८८ करोड रुपैयाँको बजेट प्रस्ताव, पूर्वाधार र सम्पदा संरक्षणमा उच्च प्राथमिकता

वि.सं.२०८३ असार ५ शुक्रवार ११:०३

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

वि.सं.२०८३ असार ४ बिहीवार १२:४८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको...

सुनचाँदीको मूल्य सामान्य गिरावट

सुनचाँदीको मूल्य सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार ११:१७

काठमाडौँ । नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सामान्य घटेको छ।...