back

विपद्पीडितको गुनासो–राहत लिएर कोही किन आउँदैनन् ?

काठमाडौं । “तपाईंहरु हामीलाई राहत दिन आउनुभएको हो ?” बाढीपीडितको अवस्थाबारे स्थलगत रिपोर्टिङ गर्न जाँदा ललितपुर महानगरपालिका–२५ फूलबारीमार्ग बस्ने सविता माझीको प्रश्न थियो ।

“होइन नी हामी त तपाईंहरुको अवस्थाबारे रिपोर्टिङ गर्न आएको ।” यो जवाफले एक्कासी अध्याँरो मुहार लगाएर माझीले भने, “ए, म त खानेकुरा दिन कोही आएछ कि भनेर नी ।” काखमा छ महिनाकी दूधेबालक च्यापेर कोही राहत दिन आएको हो की भन्ने आशाले बाटो निहालिरहेको रहेछ उनी । तर हामी राहत बाँड्ने मान्छे नभएको थाहा पाएपछि भने, “अरु पनि आउँछन् यसरी नै । सोधेर जान्छन् । तर कोही राहत लिएर आउँदैनन् ।”

सात दिनदेखि राम्रोसँग खानसमेत नपाएपछि शरीर कमजोर भएको उहाँको गुनासो छ । “आफूले खान नपाएर दूध नआएपछि छ महिने छोरी पनि भोकले रोहिरहन्छिन्”, माझी भन्छीन् “अर्को पनि बच्चा छ, उसलाई के खुवाउनु ? आफू त भोकै पनि केही समय बिताउन सकिएला, यी बच्चाहरु मान्दैनन् । रुन्छन् । के गर्नु ?” बाढीले बस्ने बासै उठाएको पनि साता दिन हुन लाग्यो । न बासको ठेगान छ, न गासको भन्दै टिलपिल टिलपिल आँखाभरि आँसु लिएर उनले भनिन्, “बाढीले त बचायो, भोगले पो मरिन्छ कि क्या हो ।”

सोही स्थानका चर्तुमान माझीलाई पनि कोही नयाँ मान्छे आएको देख्दा राहत नै आयो की भन्ने आशा लाग्दोरहेछ । अहिले कसैले केही दिए साँझ के खाएर गुजारा टार्ने होला ? भन्ने चिन्ताले सताउने गरेको दुखेसो सुनाउछिन् उनी। “अहिले त न बस्ने बास छ, न खानका लागि गास छ, लगाउन त बरु यही शरीरमा भएको एकसरो लुगाले केही दिन कटाउन सकिएला । तर मुख्य खानेकुरै भएन”, उनी भन्छीन्, “नखाएर कति दिन बिताउन सकिएला ?”

अहिले बस्नका लागि आवास र खानका लागि मात्रै व्यवस्था भए पनि हुन्थ्यो नी झैँ लाग्छ, उहाँलाई । “अरु ठूलो आशा र सपना पनि छैन, त्यही खान पाए र बस्न बासको माग गरेका त छौँ नी”, माझी भन्छिन्, “पछि त दुःख गरेर पनि कमाइएला र ऋण पनि तिरौँला । बाँच्न त बाँचियो भन्ने लागेर ऋण पनि खोजेँ तर कसैले पत्याएनन् ।” कोठा भाडा तिरेर बस्छु भन्नेहरुका लागि कतै कोठा नभएको उनी सुनाउछिन्। “भए पनि एक्कासी महँगो बनाएका छन्”, माझी भन्छिन् ।

सोही टोलमा बस्ने सविता माझी बाढीको भेलले थुपारेको हिलोमा केही त भेटिन्छ कि भन्ने आशामा हिलो माटो खोतल्दै थिइन् । केही थान भाँडा भेटिएछ । अरु त सबै भेलसँगै बगाएर लगेछ । “कसैले राहत दिएमा यही भाँडामा पकाउन पाइन्छ नि,” उनी भन्छिन्, “सबै लग्यो बाढीले । धन्न ज्यान त बच्यो ।”

माझी पनि राहत आउला कि भन्ने आशामा बसिरहेको छ । “बाढीले ज्यान त बचायो । खान नपाएर मर्न चाहिँ नपरोस्”, उनी भन्छिन्,, “बच्चा छ । भोकाउँछन्, रोइहाल्छन् । के गर्नु ।” आमाको गुनासो सकिन नपाउँदै छेवैमा रहेकी सात वर्षीय छोरी खुसी माझी मलिन मुहारमा भन्दै थिइन्, “पत्रकार अन्टी हाम्रो त घरै बगायो । मेरो किताब, कापी, लुगा सबै बगायो नी ।”

फूलबारीमार्गकै नदी किनारामा बस्दै आउनुभएको छ, गङ्गा थापा पनि । उनले यस्तो किसिमको विपद् आउला भनेर कहिल्यै कल्पनासमेत गरेको थिएन । “रातको ३ बजेको थियो, शौचलालय जान भनेर ब्युँझिएछु, पानी त भुइँभरि रहेछ । तीन छोराछोरी र श्रीमान्लाई पनि ब्युँझाए । भागाभाग भयो”, थापा भन्छन्, “एकैछिनमा त आँखै अगाडि बस्ने बासै बगायो नी । धन्न भाग्यले बाँचियो ।”

मानिसबाहेक सबै चिजहरु बगाएर लगेपछि उनलाई पनि खान, लाउन र बस्न धौधौ भइरहेको छ । अरुको घरमा भाडा माझेर जीवन गुजारा चलाउँदै आएको थापाको लागि यतिबेला मानिस बाँच्नका लागि एकदमै आधारभूत आवश्यक वस्तु गास, बास र कपासकै जोहो गर्न गाहे भइरहेको गुनासो सुनाउछन् । उनको परिवारले अहिले छिमेकीसँग मागेर खाइरहेएको र डोलेश्वर स्कुलको पेटीमा बास बसेको उनको भनाइ छ । “यस्तो आपत्त आइपर्ला भन्ने कहिल्यै कल्पना पनि गरेको थिइन । नसोचेकै भयो,” थापा भन्छन्, “जे भयो भयो । अब बाँच्नेलाई मुख्य त खाने र बस्ने व्यवस्था मिले हुन्थ्यो ।”

वडा नं २५ नै बस्ने सीता थापामगरलाई आजभोलि कोही मानिस आएर राहत दिए पनि हुने झैँ लाग्छ । “हामी भएको ठाउँमा कोही नआउन् । रित्तो हात त कोही पनि नआए नी हुन्थ्यो झैँ लाग्छ । राहत लिएर चाहिँ कोही किन आउँदैनन् रु” इन्दिरा सिञ्जाली मगर पनि खानेकुरा, पिउने पानी, बस्ने बासको अभावले जीवन नै कष्टकर बन्दै गएको गुनासो गर्छन् । “सोमबार वडा कार्यालायले भात खुवाउने भन्ने सुनेर गयौँ । जाँदा त खाने कुरा नै सकिएको रहेछ । अनि भोकभोकै फर्किनुप¥यो”, उनले भने, “आज यही स्थानीय क्लबले खुवाएको थियो । कत्ति खुसी लाग्यो । खान नपाउँदाको पीडा नपाउनेलाई मात्रै थाहा हुन रहेछ ।”

ललितपुरस्थित नख्खुको मेडिसिटी हस्पिटलको बायाँपट्टी साइडमा टेकमाया श्रेष्ठको घर छ । शुक्रबार रातको २ बजेतिर हल्लाखल्ला मच्चियो । के भएको रहेछ भनेर उठेर हेर्दा टोलैभरि नख्खु खोला छिरिसकेछ । भागेर बाहिर जान ठाउँसमेत नभएपछि सबै जम्मा भएर छतमा बसेको उनी सुनाउछन्। “यत्ति धेरै क्षति हुन्छ भन्ने साचेको पनि थिएनौँ । डुङ्गाले उद्धार गरेपछि हामी भक्तपुर छोरीको घरमा गयौँ,” उनी भन्छन्, “तर खाइनखाइ १० वर्ष अगाडि जोडेको यो घरको ऋण तिर्न पाएको छैन, दुई दिनसम्म त घरै बगायो कि भन्ने चिन्ताले सतायो । धन्न बाँकी रहेछ ।” माथि उल्लेख गरेका पात्रहरुको भन्दा उनको माग फरक छ, “सरकारले यो हिलो सबै छिटो सफा गरिदियोस् र हामीलाई पानी उपलब्ध गराइदियोस् ।”

ललितपुरका यी क्षेत्रहरु मात्रै होइन, गोदावारी नगरपालिकामा पनि असर पुगेको छ । नगरपालिकाको उपप्रमुख मुना अधिकारीलाई पिडितहरुले गरेको फोन उठाउन आजभोलि भ्याइनभ्याइ छ । “कतै हाम्रो मान्छे हराएको छ, खोजिदिनुस्, कतै मान्छे पुरिएको छ, शव निकालिनुस्, कतै पानी आएन त कतै राहत आएन भन्ने सर्वसाधारणको गुनासो हुन्छ, फोन आइरहन्छ”, उनी भन्छन्, “हाम्रो क्षेत्र पनि ठूलो छ नी छ त, हामी बस्तीबस्ती हिँडिरहेका छौँ, सबै ठाउँमा पुग्नै भ्याइएको छैन ।”

उनका अनुसार गोेदावारी नगरपालिकामा मात्रै हालसम्म गत शुक्रबार र शनिबारको मनसुनी विपद्बाट २३ जानाको मृत्यु भएको छ भने बेपत्ता भएका पाँच जनाको खोजीकार्य जारी छ । “यहाँ कति क्षति भयो भन्ने कुरा आँकलन गरिरहेका छौँ”, उनले भने, “पीडितलाई तत्काल राहतका लागि जिल्ला प्रशासन कार्यालय तथा विभिन्न सङ्घसंस्थाहरु र समाजसेवीहरुसँग राहतका लागि आग्रह नै गरिसकेका छौँ ।”

उपप्रमुख अधिकारीले विपद्पछिको उद्धार तथा राहतका लागि स्थानीय तहले सक्दो प्रयास गरिरहेको बताए । “चाँडोभन्दा चाँडो राहत व्यवस्थापनका लागि लागि हामीले समन्वय गरिरहेका छौँ, सर्वसाधारणको गुनासा सम्बोधनका गर्न लागिपरेका छौं,” उनले भने ।

दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाको गोटीखेल मानिखेललगायतका क्षेत्रहरुलाई पनि बाढी पहिरोकै कारण तहसनहस बनाएको छ । हराबरा क्षेत्र एक्कासी बगरमा परिणत भएको छ । बाढी, पहिरोका कारण बाटो नै पुरिदिएपछि उक्त क्षेत्रमा राहत तथा उद्धारका लागि जान समेत नसकिने अवस्था भएको बताउछन्, ललितपुरस्थित महाङ्ककाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्ट । “न बाटो छ, न सम्पर्क छ,” उनले भने, “यहाँ त राहत व्यवस्थापनका लागि पनि निकै गाह्रो भइरहेको छ ।”

युवा अभियन्ता तथा इन्जिनीयर लक्षुमनप्रसाद घिमिरेले ललितपुरको दक्षिण भेगका पिडितहरुलाई राहतका लागि सामाजिक सञ्जालमार्फत सहयोगका लागि अभियान नै चलाएको छ । तर बाटोको कारण त्यहाँको अवस्थासमेत थाहा नहुँदा अत्यासै लाग्ने गरेको समेत बताउछन् उनी । “राहत लिएर जान बाटो नै छैन, त्यहाँ सम्पर्क समेत कोहीसँग हुन सकिरहेको छैन,” उनी भन्छिन्,, “पहल भइरहेको छ, बाटो सहज भएपछि राहत लिएर जानेछौँ ।”

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले राहत विरणका काम सुरु भइसकेको जानकारी दिए । “हामीले पहिरोको कारण यातायात सञ्चालन हुन नसकेको क्षेत्रहरु ललितपुरको दक्षिण भेगका महाङ्ककाल र बागमती गाउँपालिकामा हेलिकप्टरमार्फत राहत वितरण गरेका छौँ,” उनले भने, “स्थानीय तहसँगको समन्वयमा धमाधम राहत वितरणको काम भइरहेको छ ।”

समयमा नै खाद्यान्न तथा स्वच्छ खानेपानी पिडितले नपाउँदा जनस्वास्थ्यमा समेत गम्भीर असर पर्नसक्ने बताउनुहुन्छ, जनस्वास्थ्यविद् डा.समिर अधिकारी । “कतिजनाले खानापछि खाने औषधि प्रयोग गर्न सक्नुहुन्छ, खानै नपाए औषधि कसरी खाने ? सुत्केरी तथा बिरामीलाई अझै शरीरमा पौष्टिक तत्व नपुगेर असर परिरहेको हुनसक्छ”, उनी भन्छिन्, “लामो समय खाली पेट बस्दा ग्यास्ट्रिक हुने, शरीर कमजोरी बन्दै जाने, रक्तचाप कम हुनेलगायतका समस्या आउने र मानिसको ज्यानै पनि जान सक्छ ।”

वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठी पनि नागरिकको मौलिक हकका रुपमा रहेको गास, बास र कपासको आवश्यकता तत्काल पूरा नगरे उनीहरुको नैसर्गिक अधिकार हनन् हुने बताउछन् । “समयमा नै राज्यले नागरिकलाई बचाउनका लागि राहत र उद्धार गर्नुपर्छ, बाँच्न पाउने हक नागरिकको मौलिक हक हो”, उनले भने, “कोही राहत नपाएर भोकै मर्नुपर्ने अवस्था नआओस् । यसतर्फ सरकार र नागरिक सबैले गम्भीर हुनुपर्छ ।”

nactional life
Corporatebazar 11 Anniversary

सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख २९ मंगलवार ११:४६

काठमाडौं । नेपाली बजारमा सुनचाँदीकोे मूल्यमा बढेको छ । नेपाल...

पोर्चुगलमा नेपाली खाना प्रवद्र्धन गर्दै सेफ टङ्क सापकोटा, परोकारी कामका लागि अलग्गै योजना

पोर्चुगलमा नेपाली खाना प्रवद्र्धन गर्दै सेफ टङ्क सापकोटा, परोकारी कामका लागि अलग्गै योजना

वि.सं.२०८३ वैशाख २९ मंगलवार ११:४३

लिस्बन । यो वर्ष टङ्क सापकोटा पोर्चुगल आएको ३० वर्ष...

केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेलमार्गका लागि अध्ययन गरिने

केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेलमार्गका लागि अध्ययन गरिने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:४०

काठमाडौं ।सरकारले केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेलमार्ग सञ्चालनका लागि अध्ययन गर्ने...

करको संरचनाको पुनरावलोकन गरिने

करको संरचनाको पुनरावलोकन गरिने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:२५

काठमाडौं । सरकारले करका संरचनामा पुनरावलोकन गर्ने भएको छ ।...

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:०२

काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम श्रेणी...

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:४९

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ...