back

‘रिचार्ज’ पोखरी निर्माण गर्दै नासों गाउँपालिका

nactional life

मनाङ । जलवायु परिवर्तनको असर अधिक मात्रामा हिमाली क्षेत्रमा पर्दछ । त्यसले गर्दा हिमाली जिल्लाका पानीका मुहान सुक्दै गएका छन् । पर्यावरण संरक्षणका लागि जिल्लाको नासों गाउँपालिकाले ‘रिचार्ज’ पोखरी निर्माण गर्ने भएको छ ।

हिमाली क्षेत्रका तालतलैया तथा पानीका मुहान सुक्न थालेपछि रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । वडा नं ६ स्थित पोङ्कर ताल परिसरमा गाउँपालिकाको कार्यापालिका बैठक बसी रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।

उनले भने, “जलवायु परिवर्तनले परेको असर र यसको न्यूनीकरण गर्न आवश्यक देख्यौँ, जसले गर्दा मनाङका तालतलैया, प्राकृतिक पानीका मुहान अहिले सुक्दै गएका छन्, यसको संरक्षणका लागि हामीले रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरेका हौँ ।” बैठकका साथै वडा नं ६ का भीमथाङ र पोङ्कर तालको स्थलगत अवलोकनसमेत गरिएको थियो ।

तीनवटा रिचार्ज पोखरी निर्माण गरिने ५ नंका वडाध्यक्ष थुतेन लामाले जानकारी दिए । उनका अनुसार अहिले वडा नं ६ का दुई स्थानमा रिचार्ज पोखरी निर्माण गरिनेछ । उनले भने, “वडा नं का लागि ३ नं मा रिचार्ज पोखरी निर्माण गरिसकिएको छ, अब भीमथाङ र तिल्चेमा रिचार्ज पोखरी निर्माण गर्ने भएका छौँ, बोर्ड बैठकबाट नै निर्णय गरेर प्रक्रिया अगाडि बढाउने भइसकेको छ ।”

भीमथाङमा ५० लिटरको रिचार्ज पोखरी बनाएर पानीको मुहान संरक्षण गरिने योजनासहित अगाडि बढिरहेको वडाध्यक्ष लामाले बताए । जलवायु परिवर्तनले परेको असर र यसको न्यूनीकरणका लागि समुन्द्री सतहदेखि चार हजार मिटर उचाइ वडा नं ६ भीमथाङ र पोङकर ताल रहेका छन् । उक्त बैठकले पालिकाभित्र रहेका पानीका मुहान सुक्दै जाने क्रम बढेकाले रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय मनाङमा बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि, हिमपात कम हुनु, समयमा हिमपात नहुने कार्य बढ्दै गएको छ । त्यसले पानीको मुहान सुक्नु र केही फरक स्थानमा पानीको मुहान देखिने भएको छ । त्यसको संरक्षणमा गाउँपालिकाले कदम चाल्न थालेको जनाएको छ । कम हिमपात तथा समयमा हिमपात नहुँदा यहाँका पानीका मुहान सुक्दै जाने क्रम बढ्दो छ । यसका साथै जलवायु परिवर्तनको असर न्यूनीकरण तथा पानीको मुहान संरक्षणका स्थानीय सरकारका साथै प्रदेश र संघीय सरकारले चासो दिनुपर्ने देखिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जमलमा फुटपाथ क्षति पु¥याएको आरोपमा कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना

जमलमा फुटपाथ क्षति पु¥याएको आरोपमा कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२५

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले वडा न.१ जमल क्षेत्रमा...

काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता 

काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता 

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०९

काठमाडौं । नेपाल पुलिस क्लव, काठमाडौं मेयर कप स्वीमिङ च्याम्पियनसिपको...

गम्हरिया पोखरी सौन्दर्यीकरण अलपत्र, ठेकेदारसँग स्पष्टीकरण माग्दै ठेक्का रद्द प्रक्रियामा खडक नगरपालिका

गम्हरिया पोखरी सौन्दर्यीकरण अलपत्र, ठेकेदारसँग स्पष्टीकरण माग्दै ठेक्का रद्द प्रक्रियामा खडक नगरपालिका

वि.सं.२०८३ जेठ २४ आइतवार ११:०६

सप्तरी । खडक नगरपालिका वडा नं. ६ स्थित गम्हरिया पोखरी...

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:३३

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र १२...

पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत अघि बढेका छौँ : नगर प्रमुख खड्का

पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत अघि बढेका छौँ : नगर प्रमुख खड्का

वि.सं.२०८३ जेठ ६ बुधवार १३:३५

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले...

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

वि.सं.२०८३ जेठ २ शनिवार १९:३७

काठमाडौं । नेपाल सरकारले विगत एक दशकदेखि ‘डिजिटल नेपाल फ्रेमवर्क’ को...