back

दसैँमा दुई सय ५० खसीबोका बिक्री गर्दै किसान महिला

nactional life

काठमाडौं बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले यस वर्षको दसैँलाई लक्षित गरेर २५० खसी बोका बिक्रीका लागि तयार गरेका छन् ।

गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत महिला खसी बोका बिक्री गरेर यो वर्षको दसैँ तिहार मनाउने योजनामा रहेका छन् । यहाँका किसान महिलाले प्रत्येक वर्ष दसैँ तिहारमा ठूलो मात्रामा खसी बोका बिक्री गर्ने गरेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक दिव्या गुरुङले बताए ।

“महिला दिदीबहिनीले हुर्काएका खसी बोका बिक्रीका लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री वितरण गर्ने गरेका र्छौ”, व्यवस्थापक गुरुङले भने, “यो वर्षको दसैँ तिहारमा २५० खसीबोका बिक्री गर्ने लक्ष्य रहेको छ ।” विगतमा बाँकेको कचनापुर, महादेवपुरी, फत्तेपुरलगायतका गाउँमा महिलाले उत्पादन गरेका खसी बोका सामाजिक उद्यमी जिल्ला सहकारी संघ बाँकेमार्फत काठमाडौं लगायत बाहिरी जिल्लामा बिक्री वितरण हुँदै आए पनि अहिले फत्तेपुरस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाका खसीबोका बिक्री हुँदै आएका छन् ।

व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका महिलाले तौल गरेर खसी बिक्री गर्दै आएका छन् । महिलाले व्यावसायिक रुपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसी, बोका उत्पादनमा वृद्धि भएको व्यवस्थापक गुरुङको भनाइ छ । महिलाले वर्षमा अहिले १० देखि १२ सम्म खसी बिक्री गर्न थालेको उनले जानकारी दिए ।

पहिले फाट्टफुट्ट खसीबोका बिक्री गर्ने महिला अहिले थोकमा बिक्री गर्न थालेका छन् । गाउँमा महिला समूहमा आबद्ध महिलाले घरमा उत्पादन गरेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी सहकारीले गर्न थालेपछि बजार र ठगिने झण्झटबाट दिदीबहिनी मुक्त भएको गुरुङले बताए ।

प्रबन्धक गुरुङका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा उक्त सहकारीमार्फत किसान महिलाका ३१ हजार ७१० किलोग्राम तौल बराबरका एक हजार १७ खसीबोका बिक्री भएका थिए । अन्य समयमा भन्दा दसैँ तिहारको समयमा खसीबोकाको माग बढी हुने र यही समयमा नै बढी बिक्री हुने गरेको गुरुङले बताए । हाल सहकारी आबद्ध किसानसँग रु ५२५ प्रतिकिलोका दरले खसीबोका खरिद गर्ने र रु १० देखि १५ प्रतिकिलो बढाएर व्यापारीलाई बिक्री गर्ने गरेको उनको भनाइ छ ।

सहकारीमार्फत गठन गरिएका ५९ समूहमा एक हजार किसान महिला सदस्य रहेका छन् । तीमध्ये हाल करिब ६०० किसान महिलाले व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । सहकारीबाट खसीबोका तथा बाख्रापालनका लागि ऋणसमेत उपलब्ध गराउँदै आएको प्रबन्धक गुरुङले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी क्षेत्रको प्रवद्र्धनमा सरकार सहयोगी, हस्तक्षेपकारी होइन : सचिव भुजेल

सहकारी क्षेत्रको प्रवद्र्धनमा सरकार सहयोगी, हस्तक्षेपकारी होइन : सचिव भुजेल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:१४

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव...

जमलमा फुटपाथ क्षति पु¥याएको आरोपमा कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना

जमलमा फुटपाथ क्षति पु¥याएको आरोपमा कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२५

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले वडा न.१ जमल क्षेत्रमा...

काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता 

काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता 

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०९

काठमाडौं । नेपाल पुलिस क्लव, काठमाडौं मेयर कप स्वीमिङ च्याम्पियनसिपको...

गम्हरिया पोखरी सौन्दर्यीकरण अलपत्र, ठेकेदारसँग स्पष्टीकरण माग्दै ठेक्का रद्द प्रक्रियामा खडक नगरपालिका

गम्हरिया पोखरी सौन्दर्यीकरण अलपत्र, ठेकेदारसँग स्पष्टीकरण माग्दै ठेक्का रद्द प्रक्रियामा खडक नगरपालिका

वि.सं.२०८३ जेठ २४ आइतवार ११:०६

सप्तरी । खडक नगरपालिका वडा नं. ६ स्थित गम्हरिया पोखरी...

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक

वि.सं.२०८३ जेठ २० बुधवार १०:२९

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका...

काठमाडौं महानगरमा बचत रकम फिर्ता गर्न ६ हजार बढीको उजुरी

काठमाडौं महानगरमा बचत रकम फिर्ता गर्न ६ हजार बढीको उजुरी

वि.सं.२०८३ जेठ १८ सोमवार १९:०६

काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागमा चार अर्ब ७७ करोड...