back

‘बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नु हुँदैन, बैंकर र व्यवसायी ठग हुन्’ भन्ने दुर्गा प्रसाईं पक्राउ

nactional life

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर अपराध गरेको कसुरमा उनी पक्राउ परेका हुन् ।प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले गत बुधबार पक्राउ गर्न अनुमति दिएको थियाे। साेही अनुमतिअनुसार व्यवसायी प्रसाईं आइतबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् ।

प्रसाईंले चरित्र हत्या गरेको भन्दै प्रहरी साइबर ब्युरोमा उजुरी परेको थियो । साेही उजुरीकाे आधारमा उनी पक्राउ परेका हुन् ।प्रसाईंकाे नेतृत्वमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले गत वर्षकाे मंसिरमा राजतन्त्र फर्काउनेलगायत अजेन्डासहित बल्खुमा प्रदर्शन गरेकाे थियाे ।

पछिल्लो समय उनी ‘बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नु हुँदैन, बैंकर र व्यवसायी ठग हुन्’ भन्ने लगायतका सामाजिक विचलन ल्याउने किसिमका अभिव्यक्ति दिँदै आएका छन् ।पक्राउ परेका प्रसाईंले आफ्नो गिरफ्तारीलाई राजनीतिक रंग दिन खोजे। प्रहरीले गाडीमा चढाउने बेलामा प्रसाईंले भने, ‘एक थोपो रगत छउन्जेल केपी ओलीसँग लड्छु।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई पक्राउ गर्न पनि चुनौती दिँदै आएका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक

वि.सं.२०८३ असार ३ बुधवार १२:४३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको...

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन 

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन 

वि.सं.२०८३ असार ३ बुधवार १२:२८

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन...

टोल टोलमा फिल्म महोत्सव व्यवस्थापन गर्न २० प्रस्तावमध्ये ८ वटा स्वीकृत 

टोल टोलमा फिल्म महोत्सव व्यवस्थापन गर्न २० प्रस्तावमध्ये ८ वटा स्वीकृत 

वि.सं.२०८३ असार ३ बुधवार ०९:१९

काठमाडौं । काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव आयोजना गर्दा...

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...