back

नेपालमा दूतावास खोल्न क्यानडालाई आग्रह, तर विद्यार्थीको कोटा घटाउने क्यानडाको घोषणा

२०२५ को इन्टेकमा ४५ प्रतिशत ‘पर्मिट’ कटौति हुने

nactional life

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणाले नेपालमा क्यानाडाको राजदूताबास स्थापनाका लागि पहल गरेकी छिन् । उनले बुधबार क्यानडाली विदेशमन्त्री मेलानी जोलीसँग ओटावामा भएको द्विपक्षीय भेटवार्ताका क्रममा यस्तो आग्रह गरेकी हुन् ।

‘विश्वका महिला विदेशमन्त्रीहरुको बैठक’मा भाग लिन परराष्ट्रमन्त्री डा. राणा त्यहाँ पुगेकी हुन् ।दुई देशबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपाल र क्यानाडाले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदैछन् । यही अवसरमा नेपालमा दूतावास खोल्न क्यानडालाई आग्रह गरिएको हो ।

अहिले भारतस्थित दूताबासले नेपाललाई हेर्छ । तर भारतसँग क्यानडाको कूटनीतिक सम्बन्ध विग्रिएका कारण नेपालीहरुले पनि यसको बोझ उठाउनु परेको छ । नेपालबाट वर्षेनी अध्ययनका लागि क्यानाडा जाने विद्यार्थीको सङ्ख्या बढ्दै गएका कारण उनीहरुलाई सहज हुने गरी नेपालमा दूतावास खोल्न मन्त्री डा. राणाले पहल गरेकी हुन् ।

साथै, नेपाल आउने क्यानाडाली पर्यटकको सङ्ख्या पनि पछिल्लो समय बढ्दो क्रममा रहेका कारण दुईपक्षीय जनसम्पर्क एवम् यात्रालाई सरलिकरण गर्न दुई मन्त्रीबीच कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाइएको छ ।

विश्वकै गरिब अर्थात् अतिकम विकसित राष्ट्रका रुपमा सन् २००३ देखि नै क्यानडाले नेपाली उत्पादनहरुलाई आफ्नो देशमा प्रवेशका निम्ति शूल्य भन्सार सुविधा उपलब्ध गराउँदै आएको छ । तर नेपाल सन् २०२६ मा गरिबतम मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नती हुँदै छ । त्यसपछि पनि नेपाललाई व्यापारिक र लगानीसम्बन्धी सुविधामा क्यानाडाको निरन्तर सहयोगको अपेक्षा गरेको मन्त्री डा. राणाले बताइन् ।

द्विपक्षीय वार्ताका क्रममा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो ।

क्यानाडाली विदेशमन्त्री जोलीले क्यानाडेली पेन्सन फण्डका माध्यमबाट नेपालमा आवश्यक सहयोग गर्न आफ्नो देशको सरकार तयार रहेको बताइन् । उनले परराष्ट्रमन्त्री डा राणाले राखेको नेपालमा क्यानाडाली दूताबास स्थापनाको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको जनाइएको छ।

उनले नेपालमा महिला सशक्तिकरणका क्षेत्रमा सहयोग निरन्तर रहने जनाउँदै छात्रा विश्वविद्यालय स्थापनाका साथै छात्रा शिक्षाका क्षेत्रमा क्यानाडाले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तर नेपालले आफ्नो देशमा दूतावास स्थापनाको पहल गरिरहँदा क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले अन्तरराष्ट्रिय विद्यार्थीहरुलाई दिँदै आएको ‘पर्मिट’मा अझै कटौति गर्ने घोषणा गरिदिएका छन् । यसले नेपाली विद्यार्थीहरु विश्वकै दोस्रो ठूलो मुलुकमा प्रवेश गर्न असहज हुने भएको छ ।

क्यानडाले यसअघि नै विदेशी विद्यार्थीलाई दिँदै आएको पर्मिट सन् २०२४ मै ३५ प्रतिशत कटौति गरिसकेको थियो । यसबाट वर्षभरीमा जम्मा ३ लाख ६० हजार विद्यार्थीलाई मात्रै भिसा दिने निर्णय गरेको थियो । त्यसमा अझै १० प्रतिशत कोटा कटौति गर्ने घोषणा त्यहाँका प्रधानमन्त्रीले गरेका छन् । यससँगै सन् २०२५ को इन्टेकमा ४५ प्रतिशत ‘पर्मिट’ कटौति हुने भएको छ ।

यसो गर्दा नेपाली विद्यार्थीहरुका लागि बढी असहज हुने जोखिम बढेको छ । त्योभन्दा पनि धेरैले आवेदन दिने र थोरैले भिसा पाउने जोखिम पनि बढेको छ । स्वदेशमै दूतावास भएको भए नेपाली विद्यार्थीहरुको भिसा प्रोसेसिङ लागत कम हुने विस्वास परराष्ट्र मन्त्रालयको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक

वि.सं.२०८३ असार ३ बुधवार १२:४३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको...

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन 

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन 

वि.सं.२०८३ असार ३ बुधवार १२:२८

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन...

टोल टोलमा फिल्म महोत्सव व्यवस्थापन गर्न २० प्रस्तावमध्ये ८ वटा स्वीकृत 

टोल टोलमा फिल्म महोत्सव व्यवस्थापन गर्न २० प्रस्तावमध्ये ८ वटा स्वीकृत 

वि.सं.२०८३ असार ३ बुधवार ०९:१९

काठमाडौं । काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव आयोजना गर्दा...

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...