back
nactional
Naima

नेपालको सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब पुग्यो , एक जनालाई ८६ हजार ६४२ रुपैयाँ (तथ्याङ्कसहित)

काठमाडौं । नेपालको सार्वजनिक ऋण भार थपिने क्रम बढी रहेको छ । पछिल्लो दुई महिनामा नेपालको ऋण साढे ९४ अर्ब रुपैयाँ बढेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

ती दुई महिनामै नेपालको ऋण ९४ अर्ब ५२ करोड रुपैयाँ थप वृद्धि भएको छ । योसँगै हाल नेपालको कुल सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४४.३२ प्रतिशत हुन आउँछ ।

वर्तमान अवस्थामा एक नेपालीको भागमा ८६ हजार ६४२ रुपैयाँ सार्वजनिक ऋण भार छ । चालु आवको साउन मसान्तसम्म आइपुग्दा एक नेपाली सो बराबरको सार्वजनिक ऋण भार बोकेका छन्। यो नेपालको कुल जनसंख्यामा आधारित हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार हाल नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ। पछिल्लो एक महिनामै प्रत्येक नेपालीको भागमा १ हजार ८६७ रुपैयाँ सार्वजनिक ऋण भार थपिएको हो । गत साउन मसान्तसम्ममा भने यस्तो ऋण भार ८४ हजार ७७५ रुपैयाँ रहेको थियो ।

गत असार मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । गत साउन मसान्तसम्ममा पनि ४१ अर्ब ११ करोड रुपैयाँ ऋण थपिएर कुल २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो । सरकारको आम्दानी भन्दा खर्च धेरै भएपछि ऋणको भार निरन्तर बढ्दै गएको हो ।

कार्यालयका अनुसार असार मसान्तसम्ममा ११ खर्ब ८० करोड ९० लाख रुपैयाँ आन्तरिक र १२ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ बाह्य ऋण दायित्व थियो । भदौ मसान्तसम्म आइपुग्दा तिर्न बाँकी ऋण आन्तरिक तर्फ १२ खर्ब ३५ अर्ब ९० करोड र बाह्य तर्फ १२ खर्ब ९२ करोड ७१ लाख रुपैयाँ पुगेको छ। आन्तरिक ऋण जीडीपीको २१.६६ प्रतिशत र बाह्य ऋण २२.६६ प्रतिशत रहेको छ ।

कार्यालय अनुसार भदौ मसान्तसम्ममा सरकारले ९० अर्ब आन्तरिक र १४ अर्ब ५ करोड रुपैयाँ बाह्य गरि कुल १ खर्ब ४ अर्ब ५ करोड रुपैयाँ ऋण प्राप्त गरेको छ । सोही अवधिमा ३५ अर्ब रुपैयाँ आन्तरिक र ४ अर्ब ६७ करोड रुपैयाँ बाह्य ऋणको भुक्तानी गरेको छ ।

समिक्षा अवधिमा सरकारले १ खर्ब ४ अर्ब ५ करोड रुपैयाँ मात्रै ऋण प्राप्त गरेको छ। यो चालु आवका लागि राखिएको लक्ष्यको १९.२ प्रतिशत मात्रै हो । यो वर्ष सरकारले कुल ५ खर्ब ४७ करोड रुपैयाँ ऋण प्राप्ति गर्ने लक्ष्य लिएको छ । यो मध्ये आन्तरिक तर्फ ३ खर्ब ३० अर्ब र बाह्य तर्फ २ खर्ब १७ अर्ब रुपैयाँ ऋण प्राप्तिको लक्ष्य लिएको हो । तर, चालु आवको पहिलो दुई महिनामा लक्ष्यको २७.२७ प्रतिशत आन्तरिक ऋण उठाएको छ । यो रकममा भने ९० अर्ब हो । यस्तै, १४ अर्ब ५ करोड रुपैयाँ बाह्य ऋण प्राप्त गरेको छ । यो लक्ष्यको ६.४८ प्रतिशत हुन आउँछ । अब सरकारले आन्तरिक २ खर्ब ४० अर्ब र बाह्य तर्फ २ खर्ब २ अर्ब ९५ करोड रुपैयाँ गरि कुल ४ खर्ब ४२ अर्ब ९५ करोड रुपैयाँ ऋण प्राप्ति गर्न बाँकी छ ।

सरकारले दुई महिनाम ४७ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ भुक्तानी गरेको छ। चालु आवमा ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब ८५ करोड वार्षिक बजेट विनियोजन भएको छ । त्यसको ११.८४ प्रतिशत खर्च भएको छ । जीडीपीमा भदौ मसान्तसम्ममा कुल ऋण सेवा खर्च ०.८४ प्रतिशत रहेको छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

वि.सं.२०८३ भदौ १ सोमवार ०७:४४

काठमाडौँ। नेपालमा तीव्र गतिमा अघि बढिरहेको अटोमोबाइल एसेम्ब्ली उद्योगलाई अब...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

अटोमोबाइल केवल व्यापार होइन पूर्ण इकोसिस्टम हो : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

अटोमोबाइल केवल व्यापार होइन पूर्ण इकोसिस्टम हो : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

वि.सं.२०८३ साउन २२ शुक्रवार ११:१२

काठमाडौं। पछिल्ला केही वर्षयता विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को गम्भीर...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...