भिजन इनर्जीले आईपीओ जारी गर्ने
वि.सं.२०८१ साउन २२ मंगलवार
काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले आगामी भदौ १४ गतेका लागि साधारणसभा बोलाएको हो । सभा भर्चुअल माध्यममार्फत ३ बजे सुरू हुने कम्पनीले जनाएको छ ।
सभाले कम्पनीको आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव र यसक्रममा आवश्यक पर्ने प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने र आईपीओ जारी गर्ने क्रममा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन,थपघट,परिवर्तन वा संशोधन गर्न निर्देशन प्राप्त भएमा समेही बमोजिम गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रकाशित समय : १३:१२ बजे






















