back
himalayan life

एचआईडीसीएलले डेढ अर्ब बढीको सेयर बेच्दै, मूल्य १ सय रुपैयाँ

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले डेढ अर्ब रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले साउन २९ गतेदेखि १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँका दरले १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर बिक्री गर्ने भएको हो ।

साउन २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी समूह ‘क’ उप समूह क–२ को ‘अन्य संस्थापक’ अन्तर्गत अवितरित हकप्रद सेयरमध्ये लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्री नभएको सेयर बिक्री गर्ने निर्णय गरेको हो । कम्पनीको उक्त सेयर खरिद गर्न ईच्छुकले भदौ ६ गतेसम्म लिन चाहेको कित्ता दर रेटसहित बोलपत्र पेस गर्न कम्पनीले आग्रह गरेको छ ।

कम्पनीका अनुसार उक्त सेयर खरिद गर्ने सेयरधनीहरू समूह ‘क’ उप समूह ‘क–२’ को ‘अन्य संस्थापक’ उप समूहमा रहनेछन् । साथै उक्त सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएपश्चात् एचआईडीसीएलप सङ्केतमा कारोबार गर्न योग्य हुने कम्पनीले जनाएको छ ।

कम्पनीको उक्त सेयरमा ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैकका शंखमुल नयाँबानेश्वर, विर्तामोड, विराटनगर, जनकपुरधाम, आर्दशनगर वीरगञ्ज, हेटौडा, नारायणगढ, न्यूरोड पोखरा, मिलनचोक बुटवल, बाग्लुङ्ग बजार, त्रिभुवन चोक नेपालगञ्ज, विरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

वि.सं.२०८३ असार ५ शुक्रवार १६:१०

काठमाडौं । सीताराम गोकुल मिल्कले उद्योग स्थापनाको ३२औँ वर्ष प्रवेशको...

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

वि.सं.२०८३ असार ५ शुक्रवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको...

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१४

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार १७:०१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...