back

सिरोहिया पक्राउ प्रकरण: निजी क्षेत्रले भन्यो,‘उजुरी पर्दैमा थुन्ने प्रवृत्तिले उद्यमी व्यवसायीको मनोबल थप घट्छ’, निजी क्षेत्र

कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश जाँदैन

काठमाडौं । उजुरी पर्ने वित्तीकै थुन्ने प्रवत्तिले उद्यमी व्यवसायी र लगानीकर्ताको मनोबल थप घट्ने निजी भन्दै निजी क्षेत्रले ध्यानाकर्षण गराएको छ ।

संचार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण गराएका हुन् ।

उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने प्रवत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने निजी क्षेत्रको बुझाई छ ।

‘उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्नु हुँदैन, राज्यले उनीहरुका कुरा सुनिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो । थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न हामी आग्रह गर्दछौं’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

कानुनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागिदार हुर्ने विज्ञप्तिमा उल्लेख छ । तर, कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्ने भन्दै निजी क्षेत्रले ध्यानाकर्षण गराएको छ ।

कुनै पनि व्यवसायीको मान मर्दन गरेर तथा उनीहरुलाई हतोत्साही गरेर लगानीको वातावरण बन्न नसक्ने उनीहरुको तर्क छ । ‘सर्वविदितै छ कि मुलुक अहिले आर्थिक संकटको अवस्थाबाट माथि उठिसकेको छैन ।

अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट भर्खरै लगानी सम्मेलन आयोजना गरी नेपालमा अनुकुल वातावरण रहेकाले लगानी गर्न स्वदेश तथा विदेशका सबै लगानीकर्ताहरुलाई आग्रह पनि गरिएको छ, संयुक्त विज्ञप्तिमा भनिएको छ,‘यस अवस्थामा कहीँ कतैबाट पनि व्यावसायिक वातावरण खल्बलिन दिनु हुदैन भन्ने हाम्रो सुझाव रहन्छ । कुनै पनि व्यवसायीको मान मर्दन गरेर तथा उनीहरुलाई हतोत्साही गरेर लगानीको वातावरण बन्न सक्दैन ।

अहिले देशभित्रका सानादेखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता छ । उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नु पर्दछ । ’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रसारण लाइन विस्तार सरकारको पहिलो प्राथमिकता : ऊर्जामन्त्री

प्रसारण लाइन विस्तार सरकारको पहिलो प्राथमिकता : ऊर्जामन्त्री

वि.सं.२०८३ साउन २२ शुक्रवार २०:२६

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा विद्युत वितरण लाइन,...

खल्तीमार्फत अब ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा स्वतः सहभागिता हुने

खल्तीमार्फत अब ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा स्वतः सहभागिता हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:२३

काठमाडौं । अब आईएमई खल्ती (खल्ती) का प्रयोगकर्ताले नेपाल सरकारको...

शुक्रबार सुनको मूल्य कतिले बढ्यो ?

शुक्रबार सुनको मूल्य कतिले बढ्यो ?

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५६

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरुपले बढेको छ...

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०४

काठमाडौं। काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:००

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...