back
himalayan life

जेठ १ गतेदेखि ब्रोकर कमिसन दर घट्ने धितोपत्रको निर्णय, कति कारोबार गर्दा कति तिर्नुपर्छ?

काठमाडौं । आगामी जेठ १ गतेदेखि सेयर कारोबार गर्दा तिर्नुपर्ने पर्ने ब्रोकर कमिसन दर घट्ने भएको छ । हाल तिर्दै आएको ब्रोकर कमिसन १० प्रतिशत घटाउने नेपाल धितोपत्र बोर्ड संचालक समितिको बैठकले निर्णय गरेको हो ।

अर्थमन्त्रालयले बोर्डलाई नयाँ दर कार्यान्वयन गर्न सहमति प्रदान गरेको छ । बोर्डले ब्रोकर कमिसन घटाउने गरि नियमवाली संशोधन गर्ने निर्णय गरेको थियो । बोर्डको सोही प्रस्तावलाई मन्त्रालयले सहमति दिएपछि नयाँ दर कार्यान्वयन गर्न लागिएको हो ।

दुई साताअघि मात्रै मन्त्रालयले कमिसन दर घटाउन स्वीकृति दिएको थियो । अब न्यूनतम २ ।२४ प्रतिशतदेखि अधिकतम ०.३६ प्रतिशतसम्म तिर्नुपर्नेछ । तर, यसअघि भने न्युन्तम ०.२७ प्रतिशतदेखि ० ।४० प्रतिशतसम्म तिर्दै आएका छन् ।

हाल ५० हजार रुपैयाँसम्मको सेयर खरिदबिक्री गर्दा ० ।४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ० .३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्छ । तर, अब भने यी दरहरुमा १० प्रतिशत कम तिर्नुपर्नेछ ।

आगामी जेठ १ गतेदेखि भने ५० हजारसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ० .३३ प्रतिशत कमिसन तिर्नुपर्नेछ । यस्तै, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ० ।३६ प्रतिशत, २० लाखदेखि १ करोडसम्म ० .२७ प्रतिशत र १ करोड रुपैयाँ बढीको सेयर किनबेच गर्दा ०.२४३ प्रतिशत कमिसन तिर्नुपर्नेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

वि.सं.२०८३ असार ५ शुक्रवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको...

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार १७:०१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार ४ बिहीवार १०:५८

काठमाडौँ । बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८३ असार ३ बुधवार ०९:२४

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (असार ३...

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ असार २ मंगलवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...